समृद्व तुलसीपुर निर्माणमा हाम्रो कार्यभार !

आजाद खड्का
१. विषय प्रवेश
हामीले हाम्रो तुलसीपुर उपमहानगरपालिकालाई समृद्व वनाउने अभियानमा छौ। उपमहानगरपालिक पनि श्वय त्यो अभियानमा लामबद्व छ। यहि शिलशिलामा पालिकाले आ.व. २०८१/०८२ को नीति कार्यक्रम र वजेट प्रस्तुत गर्दैछ। हामी आम नागरिक तथा गैर सरकारी संघ संस्थाहरु पनि यसैमा केन्द्रित हुन जरुरी छ। यहि शिलशिलामा मेरो अध्यक्षतामा रहेको समाजवादी ज्ञान केन्द्रको केन्द्रीय समितिको तर्फवाट तुलसीपुर उपमहानगरपालिकालाई समृद्व वनाउन पालिकाको नीति तथा कार्यक्रम एवं वार्षिक वजेट कस्तो हुनुपर्छ भनी केही महत्वपूर्ण विषय सहितको सुझाव प्रतिवेदनकैरुपमा प्रस्तुत गर्न गई रहेको छु।

सर्व प्रथम हामीले आफुलाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक हौं र हाम्रो दायित्व र कर्तव्य नेपालको संविधान २०७२ले निर्दिष्ट गरे वमोजिम हुने कुरा सर्वविदितै छ। हाम्रो संविधान २०७२ अनुसार हाम्रो देशमा तीन तह (संघ, प्रदेश र स्थानिय तह) को सरकार छ। हाम्रो देशमा कोशी, मधेश, वागमति, लुम्विनी, कर्णाली र सुदुर पश्चिम गरि सातवटा प्रदेश र ७५३ वटा स्थानिय तह सरकार छ। हामी नेपालको लुम्विनी प्रदेश अन्तर्गत तुलसीपुर उपमहानगरपालिका सरकार मातहत छौं।

स्थानीय तहको सरकारलाई राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति र मुद्रा नीति वाहेक आफ्नो तोकिएको भुगोल भित्र संविधान विपरित नहुने गरि भौतिक पूर्वाधार विकाश, आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र सहितको रोजगारको सिर्जना, लैंगिक समानता, आम नागरिकलाई GDP मा सहभागिता, सामाजिक न्याय, आन्तरिक राष्ट्रियताको सुदृढिकरण आदि सहितको समृद्व स्थानिय तह निर्माण गर्ने अधिकार सुनिश्चित छ। अर्थात स्थानीय तह आफैले मात्रै पनि नेपालको संविधान २०७२ अनुसारनीति तथा कार्यक्रम एवं वजेट ल्याउन सक्छ। संविधानमा संघिय लोकतान्त्रिक गणतन्तिक व्यवस्थालाई समाजवाद उन्मुख व्यवस्था भनिएको छ।

  • समाजवाद उन्मुखको अर्थ
    संविधानमै समाजवाद उन्मुख भनी किटानी गर्नुको अर्थ–यो व्यवस्था समाजवाद तिर जान अघि बढेको व्यवस्था हो भनेर बुझ्नु पर्दछ। समाजवाद उन्मुख व्यवस्था भन्नुको अर्थ समाजवाद तिर संक्रमित व्यवस्था भनेको पनि हो। अब हामीले के कुरा प्रष्टसंग बुझिदिनु पर्यो भने समाजवाद पुँजीवादको गर्भवाट जन्म हुन्छ। यो दलाल चरित्र सहितको पुँजीवादी व्यवस्था भएकाले हामीले यो व्यवस्थालाई दलाल पुँजीवादी व्यवस्था भनेका हौं। मालिकको अगाडि भक्तिभाव देखाउनु र जनतामा नोकरशाहीतन्त्र लाद्ने भएकाले अर्को अर्थमा दलाल तथा नोकरशाही पुँजीवादी’ व्यवस्था भनिएको हो। यो व्यवस्थामा भएका मुल समस्याहरुको छनौट, समाधानको कार्यक्रम र कार्य योजनामा केन्द्रित हुन जरुरी छ।
  • तुलसीपुरको अवस्थाः
    तुलसीपुर उपमहानगरपालिकाको क्षेत्रफल ३८४.६२ वर्ग कि.मी. रहेको छ। (नेपाल सरकारको निर्णय २०७३/०१/२२ र राजपत्राङ्क प्रकाशनः २०७३/११/२७) तुलसीपुर उपमहानगरपालिकाको जनसाङ्ख्यिक विवरणः कुल जनसंख्या १७९७५५ रहेको ती मध्य महिला संख्या ९४९९१ र पुरुष संख्या ८४७६४ रहेको छ। यश तथ्याङ्क अनुसार महिलाको संख्या ५२.९५ हो भने पुरुषको संख्या ४७.२५ हो। यहाँको कुल घरधुरी ४६०१८ छ। यहाँ ८३.२५ ९ पुरुष ८९.६५ र महिला ७७.५५० साक्षर छन्। १.७५ अपाङ्गहरु छन्। (जनगणना २०७८को प्रतिवेदन) तुलसीपुर उपमहानगरपालिका पनि नेपालको समस्यावाट अछुत रहने कुरा भएन। किन कि यो नेपाल र लुम्विनी प्रदेशको एक अंग वा नेपालको ७५३ स्थानिय पालिका मध्य एक हो। नेपालको समस्या जस्तै तुलसीपुर उपमहानगर पालिकाको पनि तपशिल बमोजिमका समस्यहरु रहेका छन्।

२. तुलसीपुरका मुल समस्याहरुः
(क) दलाल पुँजीवाद पहिलो मुल समस्याः
हामी प्रस्ट हुन के जरुरी छ भने दलाल पुँजीपति वर्ग र तुलसीपुर नगरवासी जनता विचको अन्तरविरोध नै यहाँको प्रधान अन्तरविरोध हो। प्रधान अन्तरविरोधको अर्थ तुलसीपुरका समस्याहरु मध्य प्रमुख समस्या पनि यहि नै हो। दलाल पुँजीपति वर्गले आफ्नो हातमा चावी राखेर यहाँको उत्पादन प्रणाली लागू गरेको छ। उत्पादन प्रणाली राज्यसत्ताको आधार (जग) हो। यहि आधार अनुकुल सरकार (उपरिसंरचना) सञ्चालन हुन्छ। नेपालको तीन तहको सरकार मध्य हामीले तेस्रो अर्थात सवै भन्दा तल्नो तहको सरकारले ल्याउन आब नीति, कार्यक्रम तथा वजेटको नमुनाको चर्चा गर्दैछौं।

  • दलाल पुँजीवादको विशेषताः
    १.दलाल पुँजीवादले राष्ट्रको ढुकुटी आफ्नो मुठ्ठिमा राख्छ।
    २. उत्पादनमा लगानी गर्दैन।
    ३.विदेशी बहुराष्ट्रिय कम्पनीद्वारा उतपादित मालको सफ्लाई गर्छ।
    ४. आफुले सफ्लाई गरेको मालको जनतालाई अनिवार्य ग्रहाक वनाउछ।
    ५. जनतावाट आएको अकुत नाफाको मुल हिस्सा मालिकलाई पठाउछ। नाफाको केही हिस्सा आफुले खाएर वाच्छ।
    ६. मालिकसंग यसले भक्तिभाव देखाउछ। जनतामा नोकरशाहीतन्त्र लाद्छ।
    ७.उत्पादनमा लगानी नगर्ने हुदा यसले रोजगारी सिर्जना गर्दैन।
    ८.उत्पादनमा शुन्यता गराई युवा शक्तिलाई बहुराष्ट्रिय कम्पनीमा मालिकको एकल शर्त (श्रम तालिका र श्रमको मूल्य निर्धारण) मा उनिहरु सामु निरीह अवस्थामा हाजिर हुन वाध्य पार्दछ।

(ख) पितृसत्तावाद दोस्रो समस्याः
तुलसीपुर उपमहानगरपालिकामा पनि सिंगो देशको जस्तै पितृसत्तावादको समस्या छ। यो यहाँको दोस्रो प्रमुख समस्या रुपमा देखिएको छ। तुलसीपुरको कुल जनसंख्या १७९७५५ मध्य महिलाको संख्या ९४९९१ रहेको छ। यो भनेको ५२.९% जनसंख्या हो। आज घरेलु नियम उनिहरुमा मात्र लागू भएको छ।उनिहरु GDP मा सहभागी हुनवाट वञ्चित छन्। जसकाकारण तुलसीपुरको बहुमत जन संख्या पितृसत्तावादको सिकार भएर समृद्व तथा आत्मनिर्भर तुलसीपुर निर्माणमा वाधक बनी रहेको छ। पितृसत्तावाद तुलसीपुर नगरवासी जनताको प्रहारको दोस्रो प्रमुख निशाना हो। हाम्रो नीति तथा कार्यक्रम यो समस्या समाधान तर्फ केन्द्रित हुनु पर्दछ।

(ग)तुलसीपुरको प्रहारको तेस्रो प्रमुख निशाना जात व्यवस्थाः
आमाको गर्भमै कोहि अछुत दलित र कोहि कथित उच्चकोटीको व्रामण वनाईने र समुदायलाई श्रेणीकरण गर्ने जातका आधारमा गरिने छुवाछुत र भेदभाव समाजमा व्याप्त छ। यो समस्या तुलसीपुर नगरवासीको प्रहारको तेस्रो प्रमुख निशाना वनाउनु पर्छ।।

(घ) आन्तरिक राष्ट्रियताको सुदृढिकरण हुन नसक्नु चौथो समस्याः
आन्तरिक राष्ट्रियताको सुदृढिकारण गर्नु तुलसीपुर नगरवासीको चौथो समस्या हो। समुदायको सभ्यता सँस्कृति भाषा र लिपीको संरक्षण, पुनर्जागरण र परिमार्जन नहुनु नै आन्तरिक राष्ट्रियताको सुदृढिकरणमा वाधा हुनु हो। यसका विरुद्व तुलसीपुर नगरवाशी एकजुट हुनुपर्छ। यो हाम्रो प्रहारको चौथो प्रमुख निशाना हो। माथि उल्लेखित चारवटा समस्याहरु क्रमिकरुपमा मुख्य समस्याहरु हुन। अन्य सहायक समस्याहरु भएता पनि सर्वप्रथम हामी नगरवाशीहरुले क्रमिकरुपमा प्रहारका प्रमुख निशाना वनाउनु जरुरी छ।
३. समाधानका उपायाहरु:
(क) उत्पादनमा लगानीः
दलाल तथा नोकरशाही पुँजीवादका विरुद्व प्रहारको प्रमुख निशाना वनाउने भनेको दलाल तथा नोकरशाही पुँजीपति वर्गमाथि भौतिक आक्रमण गर्ने भनेको होईन। त्यो भनेको दलाल पुँजीपतिवर्गको उत्पादन नगर्ने नीतिका विरुद्व हामीले उत्पादनमा लगानी गरेर तुलसीपुरका नगरवासीको आय वृद्वि गर्नु हो। उत्पादनमा लगानी गरेर रोजगारको सिर्जना गर्नु हो। नगर भित्रका युवाहरुलाई बहुराष्ट्रिय कम्पनीमा हाजीर भई बधुवा मजदुर हुनवाट रोक्ने नीति सहितको कार्ययोजना लागू गर्नु हो। समुदायको ४०%, निजी क्षेत्रको ४०% र उमनपाको २०% गरि कुल १००% लगानी गर्ने तीन खम्वे अर्थनीति तर्जुमा गर्नुपर्छ।

(ख) महिलाको GDP मा सहभागिताः
तुलसीपुरको कुल जनसंख्या १७९७५५ छ। यस मध्य महिलाको संख्या ९४९९१ रहेको छ। यो भनेको ५२.९% जनसंख्या हो। आज यो जनसंख्या Gross domestic product कुल ग्रहयस्थ उत्पादन GDP मा सहभागीता हुनवाट वञ्चित छ। जसकाकारण तुलसीपुर नगरवासी स्थिति समृद्व हुन सकि रहेको छैन। अब यो आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रमवाट समग्र नगरवासीलाई GDP मा सहभागी वनाई तुलसीपुरलाई समृद्व नगरकारुपमा विकास गर्न जरुरी छ। यसलाई कसरी पूरा गरिन्छ भन्ने कुरा कार्य योजनामा प्रस्ट पारिनेछ।

(ग) जातव्यवस्थाको उन्मुलन कार्यक्रमः
तुलसीपुरमा देखिएको अर्को समस्या भनेको जातव्यास्था रहेको छ। यसमा आमाको गर्भमै कोहि अछुत दलित र कोहि कथित उच्चकोटीको व्रामण वनाईने र समुदायलाई श्रेणीकरण गर्ने जातका आधारमा गरिने छुवाछुत र भेदभाव समाजमा व्याप्त छ। यो समस्या तुलसीपुर नगरवासीको प्रहारको तेस्रो प्रमुख निशाना वनाउनु पर्छ। छुवाछुत र विभेदका विरुद्व व्यापक जनचेतना कार्यक्रमका साथि त्यहि मुताविक कानुन वनाई कडाई पुर्वक कार्यान्वयन गर्नु पर्छ। सामाजिक न्याय सहितको समृद्व तुलसीपुर निर्माणमा जुट्नुको विकल्प छैन।

(घ) आन्तरिक राष्ट्रियताको सुदृढिकारणस्
नेपाल सरकारको तीन (संघ, प्रदेश र स्थानिय तह) तहका सरकार छन्। यी तिनै तहलाई आ–आफ्नो भौगोलिक सिमाना भित्र आन्तरिक राष्ट्रियताको पुनर्वहाली तथा सुदृढिकरण गर्ने अधिकार छ। अधिकार प्राप्त तुलसीपुर उमनपाले आफ्नो आन्तरिक राष्ट्रियताको पुनर्वहाली वा सुदृढिकरण गर्नु आफ्नो दायित्व र कर्तव्य हो। यो कार्य कार्य योजना वनाई कार्यन्वयन गर्नु पर्दछ।

४. समाजवाद उन्मुख एकीकृत स्वामित्व प्रणालीः
तुलसीपुर उपमहानगरपालिकाले समृद्व तुलसीपुर निर्माणका खाँतिर एकीकृत स्वामित्व प्रणाली अवलम्वन गर्नु जरुरी छ। यो अर्थ प्रणाली भनेको समाजवाद उन्मुख अर्थ प्रणाली हो। यो पूर्ण नीजि, राज्य वा सामुदायीक नभएर त्रिखम्बे अर्थ प्रणाली हो। यसैलाई एकीकृत अर्थप्रणाली भनिएको हो। यसलाई समाजवाद उन्मुख अर्थ प्रणाली पनि भन्न सकिन्छ। हाम्रो तुलसीपुरलाई नीजि, सामुदायीक वा राज्य मध्य एकल क्षेत्रले मात्र समृद्व वनाउन संभव छैन। अर्को कुरा क्षमता पुगेपनि निजी क्षेत्र एक्लै, राज्य क्षेत्र एक्लैले समाजलाई समृद्व वनाउन सक्ने अवस्था देखिएन। समुदायको सहभागीता विना कुनै पनि अर्थ प्रणाली सफल र सबल एवं प्रभावकारी देखिएन। त्यसकारण समुदायको सहभागीता सहितको अर्थप्रणाली आजको आवश्यकता हो। यो समाजवाद उन्मुख एकिकृत अर्थ प्रणालीमा नीजि क्षेत्रको ४०% लगानी, सामुदायको ४०% लगानी र स्थानीय तहको २०% लगानी हुदा उत्पादनको साधनमाथि त्रिपक्षिय स्वामित्व हुने हुदा यस स्वामित्व प्रणालीलाई समाजवाद उन्मुख एकीकृत स्वामित्व प्रणाली भनिएको हो। यसैलाई छोटकरीमा त्रि–खम्बे अर्थ प्रणाली भनिएको हो भनी बुझ्न पर्छ।

५.समृद्व तुलसीपुर निर्माणका कार्ययोजनाहरुः
५.१. एकिकृत स्वामित्व प्रणालीमा जन सहभागिताः
(क) बहुउदेश्य सहकारी गठनः
बहुउदेश्य सहकारी संस्था यहाँ हाम्रो पालिकामा नभएको होईन, धेरै गठन भएका छन्। तर, हामीले अव गर्ने बहुउदेश्यीय सहकारी संस्था गठन गर्ने भनेको उपमहानगरपालिकाको पहलमा अवस्थित ४६ हजार १८ घर धुरीलाई सहभागिता गराई उनिहरुलाई समाजवाद उन्मुख एकीकृत स्वामित्व प्रणालीमा सहभागी वनाई समृद्व तुलसीपुर नगर निर्माण अभियानमा सर्वसाधारण समुदायको सक्रिय सहभागीता गराउने विषय (लक्ष्य) संग जोडिने सवाल हो। यो प्रणाली अवलम्वन गर्ने भनेको हाम्रो पालिकामा ५२.९% जनसंख्या ओगटेको तर GDP मा सहभागी हुनवाट वञ्चित महिलाहरुलाई GDP मा सहभागी गराउने सवालसंग जोडिएको छ। यो सवाल भनेको हाम्रो पालिका तुलसीपुर उपमहानगरपालिकाको कुल जनसंख्या– १७९७५५ को जीवन स्तर बृद्वि गर्ने र सवैलाई GDP मा सहभागी गर्नेसंग प्रत्यक्ष सम्बन्ध छ। यो सवाल व्यापक उत्पादन, आम्दानी र रोजगार सिर्जना गरि दलाल पुँजीवाद र पितृसत्तावादको अन्त्य गर्दै राष्ट्रिय पुँजीमा व्यापक विकास गरि सामाजिक न्याय सहितको समृद्व तुलसीपुर निर्माणको सवाल हो।

(ख) सहकारी गठन प्रक्रियाः
१.सहकारीको नामः तुलसीपुर बहुउदेश्य सहकारी संस्था लि. राख्ने।
२. शेयर सदस्यः तुलसीपुरका ४६०१८ घरधुरी, एक घरधुरी १ सदस्य हुने।
३. शेयर कित्ता : एक सदस्य न्युनतम ५० कित्ता हुनु पर्ने।
४.सहकारीको चुक्ता पुँजी : २३००९००००।– हुनेछ।


(ग) दाना उद्योग गठन प्रक्रियाः
१.दाना उद्योगको नामः तुलसीपुर दाना उद्योग हुनु पर्ने।
२. उद्योगको कुल पुँजी ८० करोड, चुक्ता पुँजी ५० करोड हुनु पर्ने।
३.समुदाय (सहकारी) ४०% हुनु पर्ने।
४. नीजि क्षेत्र (व्यक्ति) ४०% हुनु पर्ने।
५. उपमहानगरपालिकाको २०% हुनु पर्ने।

(घ) उत्पादित दाना व्यवस्थापनः
१.एकीकृत स्वामित्व प्रणाली हुने तुलसीपुर दाना उद्योगद्वारा उत्पादित माल सर्वप्रथम तुलसीपुर नगरमा नै खपत गर्ने अनि छिमी स्थानिय तह, छिमेकी जिल्ला वा छिमेकी प्रदेशका स्थानिय तह हुँदै देशभरीका स्थानीय तहमा पालिकाद्वारा गठित आयात–निर्यात बोर्डद्वारा सम्झौतावाट उचित व्यवस्थापन गर्ने।
५.२. महिलाहरुको GDP मा सहभागिताः
(क)महिला उद्यमी कार्यक्रम
१.न्युनतम ३ र अधिकतम ९ घरधुरीको सहभागीता रहने एवं एक घर १ महिला सदस्यको स्वामित्व कायम रहने गरि पशु पञ्छि तथा माछा फर्म (उद्योग), घाँस तथा कृषि खेतीको फर्म (उद्योग) दर्ता गरि सञ्चालनमा ल्याउने।
२.अनुगमन र नियमन नियमित गर्नु पर्ने।
३. दाना तथा बीउ विजन निर्यात आयात बोर्ड मार्फत उपलव्ध गराउनु पर्ने।

(ख) महिला उद्यमी प्रोउत्साहन कार्यक्रमः
१.महिला उद्यमीद्वारा दर्ता गरि सञ्चालन गरिएका उद्योगहरुमा प्रोत्साहन स्वरुप उद्योगको चुक्ता पुँजीको १०% रकम वरावरको उपमहानगरपालिकाले दाना, बीउ–विजन तथा खाद मल उपलव्ध गराउने।
२. महिला उद्यमीहरुद्वारा उत्पादितमालको आयात निर्यात वोर्डले व्यवस्थापन गर्नुपर्ने।

५.३. जात व्यवस्थाको उन्मुलनः
१.जातिय विभेद र छुवाछुत मुक्त कानुन निर्माण गर्ने।
२. जातिय विभेद र छुवाछुत मुक्त जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने।

५.४. आन्तरिक राष्ट्रियताको सुदृढिकरणः
(क) भाषा संरक्षणः
१.थारु भाषालाई उपमहानगरपालिकाको दोस्रो सरकारी कामकाजी भाषा वनाउने।
२.थारु भाषावाट आधारभूत विद्यालयको पाठ्यक्रम वनाउने।

(ख) संस्कृति संरक्षणः
१. थारु संस्कृति– भुयार थान, विविध नित्य, प्रगतिशिल र समानतामा आधारित परम्पराको संरक्षण गर्ने।
२. खस सँस्कृति–मष्ट माडौ, देवालय तथा विविध नृत्य तथा गित, प्रगतिशिल र समानतामा आधारित परम्पराको संरक्षण गर्ने।
५.५. समग्र कार्यक्रम अनुगमन तथा मुल्याङ्कण
(क) कार्य सम्पादन तथा मुल्याङ्कण
१.समग्र कार्यक्रम पूरा गर्न तयार पारिएको कार्यो योजनाको अनुगमन तथा मुल्याङ्कणका लागि एक विज्ञ व्यक्तिहरुको न्युनतम ३ जना र अधिकतम ५ जना रहेको ’कार्यसम्पादन मुल्याङ्कण’ टिम (‘काम, कर्तव्य र अधिकार’ सहितको) गठन गरी सक्रिय वनाउने।
२. नियमन निकाय (‘काम, कर्तव्य र अधिकार’को किटन सहितको) गठन गरि सुशासन कार्यन्वयन गर्ने।
६. निश्कर्ष
(क) दलाल पुँजीवादको अन्त्यः
१.समाजवाद उन्मुख एकीकृत स्वामित्व प्रणाली सहितको उत्पादनमा लगानीले दलाल पुँजीवादको अन्त्य हुनेछ।
२.प्रत्यक्ष न्युनतम ५०० जना र अप्रत्यक्ष ४६०१८ घरधुरीलाई रोजगार सिर्जना हुनेछ।

(ख) पितृसत्तावादको अन्त्यः
१.उपमहानगरपालिकाको ५२.९ (५ ९९४९९१ जना) महिलाहरु GDP मा सहभागी हुनेछन्।
२.महिलाहरुमाथि मात्र लागू हुँदै आएको घरेलु नियम सवैमा समान तरिकाले लागू हुनेछ।
३. शिक्षामा लैंगिक विभेदको अन्त्य हुनेछ।

(ग) जात व्यवस्था उन्मुलनः
१. गर्भको भ्रुणमा हुँदै दलित, बाहुन, मतवाली वा क्षेत्री भनेर गरिने जातिय विभेद र छुवाछुतको उन्मुलन हुनेछ।
२. पालिकामा सामाजिक न्याय कायम हुनेछ।

(घ) आन्तरिक राष्ट्रियताको सुदृढिकरणः
१.हाम्रा मातृभाषाको संरक्षण हुनेछ।
२. हाम्रा संस्कृति, प्रगतिशिल र समानतामा आधारित परम्परा (संस्कार)को संरक्षण हुनेछ।

(ङ) समृद्व तुलसीपुरः
१. समाजवाद उन्मुख एकीकृत स्वामित्व रहने उत्पादन प्रणाली भएको स्थानिय तह हुनेछ।
२. GDP  मा महिला पुरुषको समान सहभागिता भएको स्थानिय तह हुनेछ।
३. लैंगिक विभेदको जग पितृसत्तावादको अन्त्य हुनेछ।
४. जातिय विभेद र छुवाछुत मुक्त भएको स्थानिय तह हुनेछ।
५. आन्तरिक राष्ट्रियता व्यापक सुदृढिकरण भएको स्थानिय तह हुनेछ।
६. सामाजिक न्याय सहितको एक स्वाधिन र समृद्व तुलसीपुर उपमहानगरपालिका हुनेछ।
(समाजवादी ज्ञान केन्द्र, केन्द्रीय समिति अध्यक्ष आजाद खड्काद्वारा तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा गैर सरकारी संस्थाहरुको सहभागीतामा आ.व.२०८१/०८२ को बार्षिक नीति, कार्यक्रम तथा वजेट तयार विषयक सुझाव संकलण कार्यक्रममा २०८१/०१/२९ गते प्रस्तुत संक्षिप्त प्रतिवेदन)

प्रतिवेदनको पूर्ण पाठ हेर्नुहोस्ः