राष्ट्र र संविधान रक्षाका लागि गठबन्धनआवश्यक

देविराम कुसारी
दाङ, १३ कात्तिक।
राष्ट्र र संविधान सभा रक्षाको लागि गठबन्धन आवश्यक भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धन चुनाव प्रचार प्रसार समिति दंगिशरण २ को आयोजनामा भएको चुनावी सभाका सहभागिले अहिले गठबन्धन अपरिहार्य भएको बताए ।

सभालाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनका उमेदवार दिपक गिरीले एमालेले शक्ति र सत्ताको आडमा संविधानको हत्या गर्न खोजेको बताउनुभयो । काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका गिरीले संविधान नरहे राष्ट्रनै खतरामा पर्न सक्ने भएको हुदा गठबन्धन आवश्यक परेको बताउनुभयो ।


चुनाव प्रचार प्रसार समितिका संयोजक शरदिन कुसारीको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उमेदवार धनबहादुर मास्किले वलिको तानाशाह प्रवृतिले गठबन्धन जन्माएको बताए । देशमा ठुला–ठुला परिवर्तन काँग्रेस र माओवादिको सहकार्यमा सफल भएको बताउदै यस पटकको लडाई पनि सहकार्यमै सफल हुने बताए ।

कार्यक्रममा काँग्रसका क्षेत्रिय प्रतिनिधि पिमा खड्का, माओवादीका धनबहादुर चौधरी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण माओवादिका मदन घर्तिले गर्नुभएको थियो ।