राप्ती नदीमा डुबेर महिलाको मृत्यु

तुलसीपुर,२२ बैशाख । नुहाउन गएको अबस्थामा दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. ७ बनघुस्री स्थित राप्ती नदिमा डुबेर राजपुर गाउँपालिका २ मटेरिया निवासी २० बर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार गाउँका धेरै जना नुहाउन गएको अबस्थामा माइती आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् ।


त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । शनिबार दिउसो उक्त घटना भएको हो । उनको शवलाई परीक्षणकालागि लमही अस्पतालमा राखिएको छ ।