आईएमइ लाईफ इन्स्योरेन्सद्वारा एक दिनमै दाबी भुक्तानी

दाङ, २२ वैशाख । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक दिनमै मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीका सदस्य दिप बहादुर थापाको निधन भएपछि बीमा वापतको रकम उपलब्ध गराएको हो ।

थापाले सोही सहकारीबाट ऋण लिएका थिए । सोही ऋण आईएमई लाईफ इन्स्योरेन्समा बीमा थियो । सोही बापतका रकम दिवंगत थापाकी श्रीमति कमला थापालाई हस्तान्तरण गरिएको हो । शनिबार १३ औं दिनको पुण्य तिथिकै दिन एक लाख ४० हजार रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।


थापाले घरायसी प्रयोजनको लागि गएको बर्ष पुस २९ गते ऋण लिएका थिए । उनको १० वैशाखमा निधन भएको थियो । उनको निधन भएपछि कागज पत्र तयार गरेको एक दिनमै झनझट नगराई दावी रकम भुक्तानी गरिएका इन्स्योरेन्सका घोराही शाखा प्रमुख प्रशान्त महताराले जानकारी दिए ।

यो कार्यले विश्वास बढने सहकारी संस्थाका अध्यक्ष भरत बहादुर बुढाथोकीले बताए । थोरै रकममा पनि आर्थिक सुरक्षा हुने हुँदा बीमा अनिवार्य र अहिलेको आवश्यकता रहेको दाङ जिल्ला सहकारी संघका सचिव इन्द्र बहादुर बुढाथोकीले बताए । श्राद्धाञ्जली सभालाई राप्ती बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अमर वहादुर वलीले सहजीकरण गरेका थिए ।