तुलसीपुरमा कुलोमा डुबेर बालकको मृत्यु

तुलसीपुर
२७ कात्तिक / दाङमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तोरीमा सिंचाई गर्नकालागि निर्माण गरिएको कुलोमा डुबेर तुलसीपुर १२ कौवापुर निबासी कमल डाँगीका तीन वर्षीय छोरा कब्यानसन डाँगीको मृत्यु भएको हो ।


शनिबार दिउँसो तीन बजे तिर कुलोमा डुबेर गम्भीर घाइते भएका उनको तुलसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।