दाङ,८ जेठ । लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज(सोमबार) थप तीन मन्त्री थपिएसंगै मन्त्रीको संख्या १० रहेको छ ।
कांग्रेस, जसपा र जनमतबाट एक/एक जना मन्त्री थप गरिएको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनाएका हुन् । नब नियुक्त मन्त्रीहरुको आज अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नेछन् ।
यस अघि मुख्यमन्त्रीसहित ४ जना मन्त्री नियुक्त भएका थिए । ति मध्ये माओवादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी तोकिएको थियो, भने अन्य दुई मन्त्री विनाविभागिए नै थियो । उनीहरुलाई पनि आज जिम्मेवारी तोकिएको छ ।
मन्त्री मास्कीका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो । लुम्बिनीमा १० मन्त्रालय छन् । सोही अनुसार अझै तीन जना मन्त्रीको टुंगो लागेको छैन । बाँकी मन्त्री नियुक्तीको काम बजेटपछि मात्रै हुनेछन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।
कांग्रेसका डिल्ली चौधरी नेतृतव सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
लाइभदाङ । ८ जेष्ठ २०८०, सोमबार १२:३४ बजे