टरिगाउँबाट जहाजमा इन्धन रिफ्युल सुरु

दाङ,२५ मंसिर । दाङको तुलसीपुर १२ टरिगाउँ स्थित विमानस्थलमा हवाई इन्धन रिफ्युल कार्य सुरु भएको छ । आईतबार नेपाल बायु सेवा निगमको जहाजमा आईतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको हो । नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिश चन्द्र यादवले बताए । “हामीले पहिलो पटक आज विमानमा इन्धन रिफ्युल ग¥यौं”,उनले भने “अब नियमित रिफ्युलको कार्य हुनेछ ।”

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिएपनि जहाज नआएपछि आईतबार रिफ्युल कार्य भएको हो । डिपो निर्माण नहुँदा यस अघि काठमाडौंबाट इन्धन बोकेर आउनु पथ्र्यो । सिटमा राखेर इन्धन राख्नु पर्ने अबस्था रहेपनि अब भने त्यस्तो समस्या नहुँने बायु सेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए ।“यस अघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनु पर्ने हुन्थ्यो”,उनले भने “अब भने त्यो समस्या हट्नेछ ।” इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।

टरिगाउँ स्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीनमहिना सम्म इन्धन पु¥याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आबश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउने समेत प्रमुख श्रेष्ठले बताए ।“हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौं”, उनले भने “कहिल्यै सेनाको हेलिकप्टर इमेरजेन्सिमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ती गर्छौ ।”


विगत ६ महिना अघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेश स्थित भैरहवा कार्यालयबाट २ जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राबिधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो । यो चौथो प्रयास पछि मात्रै रिफ्युल भएको हो । यस अघि बिभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणकालागि भारत पठाईएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आईतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल बायु सेवा निगमको १९ सिटे टुईनेटर जहाज सञ्चालनमा छ ।

एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महंगो भाडा तिर्न यात्रुहरु बाध्य छन् । दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाडौंमा यात्रु सेवा वापत पाँच सय रहेको,दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ ।