‘फुलवारी’का सुख्खा ब्यथा

टेकराज भण्डारी
तुलसीपुर,१८ वैशाख ।
दाङको तुलसीपुर उपमहागनरपालिका वडा नं. १३ फूलवारी दाङको एउटा उपत्यका हो । वरिपरि चुरे पहाडले घरिएको र बीचमा एउटा बस्ति भएको उक्त उपत्यकालाई ‘तुई दाङ’ भनेर चिन्ने गरिन्छ । हेर्दा निकै सुन्दर छ, तर, विकासका हिसाबले निकै पछाडी परेको छ । नाम फुलवारी भएपनि, त्यहाँ फुलवारी कहिल्यै देख्न सकिदैन ।

तुलसीपुरका राजनीतिज्ञ शेसुराम भण्डारी भन्नुहुन्छ “फुलवारीलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्नुपर्छ किनकी यहाँ औद्योगिक क्षेत्रकालागि अति उपर्युक्त छ ।” त्यहाँ उद्योगलाई चाहिने पानी पनि भएको, धुलो, धुवाकाकालागि जंगल पनि भएको र आवश्यक जग्गा तथा मजदुरहरु पनि पाईने भएकाले उद्योग स्थापनाकालागि विज्ञहरुले समेत त्यहाँ उपर्युक्त भएको भनि प्रतिक्रिया दिने गरेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले पनि फूलवारीमा औद्योगिक क्षेत्र विकासकालागि उपयुक्र्त स्थान भएको बताए । यो विषयमा पटक–पटक सरोकारवालाहरुबीच छलफल पनि हुन्छ । तर, त्यो निष्कर्षमा पुग्न सकेको छैन ।

फुलवारी एकान्त पनि भएकोले त्यहाँको बस्तिलाई अन्यत्र स्तान्तरण गर्ने र त्यहाँ औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने गरि पटक–पटक बहस हुने गरेका थिए । तर, त्यो कार्य अध्ययन र बसहमै सीमित भयो । त्यहाँ अन्य विकास पनि तिब्रताका साथ अघि बढ्न सकेको अबस्था छैन ।

त्यसैले पनि त्यहाँ औद्योगिक क्षेत्र विकास गरेमा त्यहाँको जीवनस्तर उक्सिनेमा स्थानीयहरु पनि आशावादी छन् ।“कि त यहाँ राम्रो संग विकास गरिदिए हुन्थ्यो, कि भने कतिबेला औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा थियो, त्यही गरिदिएर हामीलाई अन्त व्यवस्थापन गरेपनि हामीलाई निकै सहज हुनेथियो”, तुलसीपुर १३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भने । त्यहाँका अन्य स्थानीयको भनाई पनि त्यस्तै छ । स्थानीय लालबहादुर केसीले पनि कित त्यहाँको विकास गर्नुपर्ने, नत्र भने अन्य ठाउँमा स्तान्तरण गर्नुपर्ने तर्क राखेका थिए ।

विकासको अपेक्षा
त्यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । पूर्व हुँदै तुई खोला बगेको छ । त्यहाँका नागरिकले ९ पटकसम्म त्यो खोला तर्नुपर्छ ।“नजिकमा विद्यालय छैन, कित घोराहीमा पर्ने रज्जे,मन्नामे जानुपर्छ, कि भने बराखुट्टी आउनु पर्छ । बराखुट्टी जाँदा ९ वटा खोला तर्नुपर्छ”, स्थानीय बसन्तखेत निवासी निर्मला नेपालीले भनिन् “खोलाले बगाउने हो की भन्ने चिन्ता उत्तिकै छ, बर्षा लाग्यो भने आवतजावत गर्न पनि सकिने अवस्था रहदैन ।”

बर्षादमा वारपार गर्न सक्ने अबस्था नरहने समेत उनको भनाई छ । त्यहाँ कुनै पनि स्थानमा पुल छैन । खोलाहरुमा बनेका सल्याब पनि बर्षादमा बगाउने गर्छ । सिमलखुट्टीदेखि रणीयापुर पुग्दासम्म ९ पटक खोला तर्नुपर्छ । टेलिकमको टावर निर्माण भएपनि अझै त्यो टावर सञ्चालनमा आउन सकेको छैन ।

सडकको अवस्था उस्तै छ । ट्रयाक खोलिएको छ । तर, त्यसको स्तरोन्नतीकालागि यस अघि कसैबाट पनि पहल नभएको भन्दै त्यहाँका नागरिकले गुनासो गर्ने गर्छन्। पश्चिमको बराखुट्टीदेखि साजखुट्टीसम्मको सडकमा ग्राबेल गर्ने, ह्यूम पाइप राख्न तीन करोड बजेट परेको थियो । त्यही बजेटबाट काम भएको छ । स–साना योजना पर्ने गरेको भएपनि सडक स्तरोन्नतीकालागि उल्लेख्य बजेट नपर्दा स्थानीय लालबहादुर केसीले बताए ।


आय स्रोतको पनि समस्या
त्यहाँका नागरिकको आयस्रोतको पनि उत्तिकै समस्या छ । आयस्रोत बृद्धि गर्नकालागि स्वरोजगारमुखी कार्यक्रम समेत ल्याउनु पर्ने स्थानीय देबबहादुर बिकले बताए । फूलवारीको पूर्वतर्फ साजखुट्टी,बसन्त खेत, सिमलखुट्टी, पनालीबोटलगायत रहेका छन् । यहाँ विकासका योजनाहरु नपरेपछि गाउँलेहरु आफैले सक्रिय भएर पनि बाटो खन्ने गरेका छन् । त्यहाँ सरकारी जागिरे, पढेलेखेका मान्छेहरु समेत उत्पादन हुन नसकेको स्थानीय विकको भनाई छ । विकासका हिसाबले पछाडी परेपछि शिक्षा, स्वास्थ्यमा पनि निकै प्रभाब पार्ने गरेको उनको भनाई छ ।

तुई दाङ
तुलसीपुर उपमहानगरपालिकाको विकट क्षेत्र मध्येको एउटा वडा हो, तुलसीपुर १३ । जसलाई ‘तुई दाङ’ भनेर पनि चिनिन्छ । तुई दाङलाई जिल्लाको अर्को उपत्यकाका रुपमा पनि लिईन्छ । देख्दा सुन्दर देखिन्छ । नामै काफि छ ‘फुलवारी’ । चारैतिर चुरे पहाड अनी बीचमा बसेका सुन्दर बस्तिहरु । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो ‘फुलवारी । समग्र दाङको झल्को दिने भौगोलिक अवस्था भएकाले पनि यसलाई तुई (सानो) दाङले चिनिन्छ ।

घोराही उपमहानगरपालिका, लमही नगरपालिकासंग सिमाना पर्छ । दाङका तीन वटै सहर (तुलसीपुर, घोराही र लमही)को बीच केन्द्र पनि पर्छ । बजारकै केन्द्र पर्ने भएकाले धेरैजनाको गन्तब्य बन्ने गर्छ । देख्दा सबैले बयान गर्ने त्यो ठाउँको वास्तविक व्यथा भने फरक छ । उपमहानगरपालिकाको एउटा वडा भएपनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीयको भनाई छ ।

त्यहाँका नागरिकले सिंचाई सुविधा माग्न थालेको धेरे भयो, तर पनि अझै सम्बोधन हुन नसकेको स्थनीय देवबहादुर विकको गुनासो छ । केही ठाउँमा स्यालो ट्यूवेल जोडिएको भएपनि ति ट्यूवेलमा पनि पानी आउन छोडेको उनको भनाई छ । सिंचाई नहुँदा हजारौं विघा जग्गा बाँझो राख्नु पर्ने अबस्था रहेको उनले बताए ।

आकाशे पानीको भरमा खेति गर्नुपर्ने त्यहाँका नागरिकको बाध्यता छ । फुलवारीको उत्पादनले बर्षमा तीन महिना मात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी दैनिकी चलाउने भन्ने चिन्ता रहने गरेको उनले बताए । “अहिले युवाहरु गाउँमा छैनन् । युवाहरु सबै कमाउन कोही भारत तिर, त कोही विदेश गएका छन्”, उनले भने “जेष्ठ नागरिक र महिलाहरुले नै गाउँ धानेका छन् । जागिरे तथा आम्दानीको अन्य स्रोत भएकाहरु मात्रै त्यहाँ बस्ने गरेका छन् । मर्दा, पर्दा आवश्यक पर्ने युवाहरु सबै बाहिरिएका छन् ।”

विकास निर्माणले पछाडी पर्दा त्यहाँका नागरिकको स्तर पनि बृद्धि हुन सकेको छैन् । गाउँको विकासमा खटिनुपर्ने युवाहरु अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बनाउनु पर्ने बाध्यता रहेको छ ।

यदि कोही विरामी प¥यो भने पनि समयमै स्वास्थ्य संस्था पु¥याउन समस्या हुने गरेको उनको भनाई छ । फुलवारीमा खानेपानीको पनि त्यतिकै समस्या छ । अहिले केहीले कुवाको पानी प्रयोग गर्छन्, भने केहीले खाला खोस्रेर पानीको जोहो गर्ने गरेको केसीले बताए । साभारः अग्रिम साप्ताहिक