
तुलसीपुर,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका –१ कुमालगाउँमा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।
भमकेको कुमालगाउँ निवासी ५५ वर्षका लोक बहादुर परियार घर देखि करिब ६०० मिटर टाढाको दूरीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
स्थानीयले आज बिहान ९ बजे मृत अवस्थामा फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।



लाइभदाङ । ८ फाल्गुन २०८१, बिहीबार १३:१५ बजे