भुटानी शरणार्थीका मूल दोषीहरुलाई कारबाहीको माग

तुलसीपुर ,३ जेष्ठ ।
मानव अधिकार तथा शान्ति समाज दाङले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाहीको मागसहित तुलसीपुरमा प्रदर्शन गरेको छ ।

शान्ति समाजले आयोजना गरेको प्रदर्शनका क्रममा“नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाउ: संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ” भन्ने प्लेकार्ड सहित धर्ना प्रदर्शन गरेको हो ।


धर्ना प्रदर्शन पछि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार , केन्द्रिय निवर्तमान वरिष्ठ उपसभापति सुशील बस्नेत, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल, जेष्ठ नागरिक समाज लुम्बिनीका संयोजक खुमानन्द अधिकारी, समाजका सल्लाहकार शरद रेग्मी, सदस्य निर्मला गौतम लगायतले शिर्ष नेताहरुको सम्पत्ति छानविन गर, भ्रष्टाचारको धमिराले देश खोक्रो भइसक्यो, भ्रष्टाचार हटाऊ, लोकतन्त्र बचाऊ लगायतका भनाई राख्नुभएको थियो ।

समाज दाङका सभापति नवीन पोख्रेलको सभापतित्वमा भएको धर्ना प्रदर्शनको सन्चालन सचिब अमृत प्रसाद शर्माले गर्नुभएको थियो । शान्ति समाजले भुटानी शरणार्थी प्रकरण विरुद्ध केहिदिन अघिदेखि अभियान सन्चालन गरेको छ ।