
तुलसीपुर,१४ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले भाषणकालागि अध्ययन आबश्यक रहेको बताएका छन् ।
माओवादी केन्द्र तुलसीपुर ९ कमिटिको आयोजनामा भएको तीन दिने भाषण कला तथा नेतृत्व विकास तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै सांसद शर्माले अध्ययन, निडर, राम्रो प्रस्तुती भएमा उत्कृष्ट भाषण कला हुने बताए ।
त्यस अवसरमा पार्टीका दाङ क्षेत्र नं.३ का सहइन्चार्ज प्रेमराज वली‘प्रभात’, प्रदेश कमिटि सदस्य इश्वरी पाण्डे, वडाका सहइन्चार्ज दुर्गा शर्मालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तालिमको प्रशिक्षकमा पत्रकार दीपक बोहरा रहेका थिए । वडा पार्टीका अध्यक्ष मदन हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब प्रेमबहादुर विकले गरेका थिए ।



लाइभदाङ । १४ बैशाख २०८१, शुक्रबार २२:२३ बजे