तुलसीपुरबाट सीजी ग्रुपका इलेक्ट्रिक गाडी चल्ने

तुलसीपुर,१३ वैशाख । दाङको तुलसीपुरबाट सीजी ग्रुपका इलेक्ट्रिक गाडी चल्ने भएका छन् । त्यसकालागि तुलसीपुर स्थित संयम इन्टरप्राइजेजले ९ वटा गाडीहरु त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिलाई हस्तान्तरण गरेको छ ।

किङ्ग लङ्ग १५ सिटे गाडी ३ वटा र केवाईसी ११ सिटे ६ वटा गाडी प्रालिलाई हस्तान्तरण गरिएको संयम इन्टरप्राइजेजका सञ्चालक गेहेन्द्र पौडेलले बताए । उनका अनुसार विहीबार प्रालिका अध्यक्ष हमाललाई ति गाडी हस्तान्तरण गरिएको हो ।


ति गाडी तुलसीपुरमा छोटो तथा लामो दुरीमा चल्नेछन् । एसी सहित फुल चार्ज भएमा तीनसय ५० किलोमिटर चल्न सक्ने क्षमता रहेको छ । ति गाडीहरु अहिले संयम इन्टरप्राइजेजमा रहेकाले २० प्रतिशत ‘डाउन पेमेन्ट’मा पनि दिन सकिने सञ्चालक पौडेलले बताए ।