अपहरण आरोपमा पक्राउ परेका ६ जना धरौटीमा छुटे

तुलसीपुर
९ साउन / दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका निवासी २७ बर्षीय केशव कुमार बिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका सबै धरौटीमा छुटेका छन् ।

बुटवलबाट अपहरण गरेर तुलसीपुर स्थित युवम होटेलमा ल्याएर आर्थिक चलखेल गर्न खोजेको आरोपमा पक्राउ परेका बबई गाउँपालिका – ४ निबासी ३५ बर्षीय लिला बिक, सोही ठाउँ निबासी ३५ बर्षीय नेव बहादुर घर्ती (मार्शल), तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रे निबासी २५ बर्षका सुकलाल बिक, कपिलवस्तुको शिवराज नगरपालिका– ९ निबासी २० बर्षका २० का मनोज थारु, प्युठानको गौमुखि गाउँपालिका–७ घरभई हाल तुलसीपुर उपमहानगरपालिका ६ निबासी २४ बर्षका जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ निबासी २६ बर्षकी निर्मला बिकलाई धरौटीमा छोडिएको हो ।

उनीहरुलाई भदौ ६ गते सोमबार दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले ५०÷५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।


उनीहरु साउन १० गते पक्राउ परोक हुन् ।

लेनदेन नमिलेपछि अपहरण, ७ लाख माग गरेको भन्दै ६ जना पक्राउ