दाङका दश पालिकामा प्रेस सेन्टर गठन गरिने

तुलसीपुर, २७ कात्तिक । प्रेस सेन्टर दाङले जिल्लाका दश पालिकामा संगठन बिस्तार गर्ने भएको छ । सेन्टरको आज घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी कार्तिक ३० गते तुलसीपुर उपमहानगरपालिका र मंसिर ५ गते बंगलाचुलीमा प्रेस सेन्टरको भेला गर्ने निर्णय गरेको हो । यस्तै जिल्ला दशवटै पालिका संयोजन गर्न विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएको छ ।

जस मध्य घोराही उपमहानगरपालिकामा सन्तोष डाँगी,तुलसीपुरमा दामोदर बस्नेत (राकेश), बबई र दंगीशरण गाउँपालिकामा दीपक बोहरा, बंगलाचुलीमा जीबन नेपाली, राजपुर गाउँपालिकामा शान्तकुमार बुढा,लमही नगरपालिका उमेश बञ्जाडे,गढवा गाउँपालिका पुष्पा पौडेल र शान्तिनगर गाउँपालिकामा बिकास डाँगीलाई संयोजन गर्ने जिम्मा दिने निर्णय गरेको छ । यस्तै बैठकले ४ वटा विभाग पनि गठन गरेको छ ।

संगठनका अध्यक्ष पाण्डब शर्मा प्रमुख र उपाध्यक्ष दामोदर बस्नेत (राकेश) उपप्रमुख भएको प्रकाशन विभाग गठन गरेको छ । जसको सदस्यमा अनिता पोख्रेल, जनक नेपाली, सन्तोष डाँगी,आभाष बुढाथोकी,सुमन केसी र राजेश चौधरी रहेका छन् । त्यस्तै सचिव जनक नेपाली प्रमुख भएको तालिम तथा प्रशिक्षण विभाग गठन गरिएको छ । बिभागको सदस्यहरुमा हेमराज नेपाली(परिर्वतन) उदीराम चौधरी,कमल कवँर मगर,अङ्गतराज परियार, विकास डाँगी र अस्मिता नेपाली रहेका छन् ।

महिला उपाध्यक्ष अनिता पोख्रेल प्रमुख र भावना सुवेदी उपप्रमुख रहेको महिला विभाग गठन गरिएको छ । जसको सदस्यहरुमा पुष्पा पौडेल अस्मिता नेपाली र बर्षा मगर रहेका छन् । कोषाध्यक्ष जीवन नेपाली प्रमुख र कार्यालय सदस्य गिरीराज नेपाली उपप्रमुख रहेको आर्थिक विभाग पनि गठन गरिएको छ । विभागको सदस्यहरुमा दीपक ओली,भागवत भट्राई र कमल कवर मगरलाई जिम्मा दिने निर्णय गरेको सचिव जनक नेपालीले जानकारी दिए ।


यस्तै बैठकले गोरखापत्रमा कार्यरत पत्रकारलाई कामबाट हटाएको प्रति संगठनको गम्भिरध्याकर्षण भएको जनाएको छ । हटाईएका सम्पुर्ण पत्रकारलाई अबिलम्ब काममा फर्काउन पनि माग गरेको छ ।

यही मंसिर ९ गते दाङमा हुन गई रहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अधिवेशनमा आयोजक जिल्लाका रुपमा आतिथ्यता प्रदान गर्ने र आबश्यक सहयोग गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द«का केन्द«ीय सदस्य एवं दाङ जिल्ला ईन्चार्ज जीवन गौतमले समाज परिर्वतनको जिम्मा पत्रकारको काधमा आईपुगेको बताए । माओवादी केन्द« समाजबादको यात्रामा अघि बढेको भन्दै त्यस अनुरुपमा सामग्री लेखनमा पत्रकारले ध्यान दिनु दिनुपर्ने बताए ।

बैठकलाई माओवादी केन्द«का केन्द«ीय सदस्य नारायणी शर्मा (प्रतिक्षा) दामा शर्मा, संगठनका संस्थापक तथा राष्ट्रिय महादिवेशन आयोजक समिति सदस्य अजयदीप शर्मा, नरेन्द्र केसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य एवं जिल्ला ईन्चार्ज पुरन शर्मा,प्रकाश चौधरी,भुपेन्द्र ओली, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य केशरमान बुढाथोकी , निबर्तमान उपाध्यक्ष सन्तोष अधिकारी लगाएतले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष पाण्डब शर्माले आगामी तीन बर्षे कार्यायोजना समेत पेश गरेका थिए ।