दाङमा अचार पिस्ने ‘लोरा’ प्रहार गरि श्रीमानको हत्या

दाङ
२३ जेठ / दाङमा अचार पिस्ने‘लोरा’ प्रहार गरि एक महिलाले श्रीमानको हत्या गरेकी छिन् ।
घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्तालाई हत्या गरेको प्रहरीले बताएको छ ।

हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतिले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।


भारत स्थायी घर भएपनि लामो समयदेखि तुलसीपुर १३ फुलवारीमा उनीहरुको बसोबास थियो । तर, केही समयदेखि उनीहरु घोराहीमा कोठाभाडा लिएर बस्दै आएका थिए । उनीहरु घोराहीमा ‘लेवर’ को रुपमा कार्यरत थिए । सोमबार विहान २ बजेतिर यस्तो घटना भएको प्रहरीले बताएको छ ।