लोकतन्त्रको स्थायित्वकालागि प्राजातान्त्रिक शक्ती एक हुन अपरीहार्य

प्रमोद आचार्य
दंगीशरण, ११ बैशाख ।
लोकतन्त्रको स्थायित्वका लागि प्राजातान्त्रीक शक्ती एक हुन अपरीहार्य एक कार्यक्रमका वक्ताहरुले वताएका छ्न् । नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्र नं. ३ (ख) दाङको आयोजनामा आयोजित १८ औं लोकतन्त्र दिवस सन्बन्धि कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन ।

आज एक कार्यक्रमको आयोजना गरी दंगीशरण ६ को सभाहलमा १८ औं लोकतन्त्र दिवस मनाइएको हो ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेस दाङका सहसचिव राजु आचार्यले राणाकालदेखी अहिलेसम्म आइपुग्दा नेपालि काङ्ग्रेसकै नेतृत्वमा परीवर्तन संभव भएको उल्लेख गर्नुभयो ।

लोकतन्त्र सत्ता प्राप्ती मात्र नभइ जनताका हरेक सुखदुखमा साथदिन र स्वतन्त्रतापुर्वक बस्न पाउनुपर्ने अधिकार स्थापित गरेको बताउनुभयो । यस्तै आचार्यले सवैका बिचार र भावनालाई समेटेर जान सक्ने नेतृत्व रहन आवश्यक रहेको वताउनुभयो । नेपालमा लोकतन्त्रलाई खतरामा पार्न चलखेल भएकाले यस्ततर्फ सजग रहन आवश्यक रहेको बताउनुभयो ।

यस्तै विशिष्ट अथिती नेपाली काङ्ग्रेसका जिल्ला सहसचिव सुवोध डाङ्गीले ब्यवस्था परीवर्तन भएतापनि अवस्था परीवर्तन हुन नसक्नु चिन्ताको विषय रहेको बताउनुभयो । यस्तै डाङ्गीले काङ्ग्रेसले नेपालको मुल संविधान कानुन दिन सफल भएकाले नेपालमा जतीपनि परीवर्तन भएको बताउनुभयो ।


लोकतन्त्रको नाममा भएको लुटतन्त्र तथा वकिलतन्त्रको अन्त्यहुन जरुरी रहेको डाङ्गीको भनाइथियो । दलहरुको पछाडि बितृष्णा बढदै गएको कुराहरुको चिरफार र समुदायमा फैलाइएका भ्रमहरुलाइ चिर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सितारा नेपाली,आकाश भण्डारी, फल्कुदत्त भण्डारी, तिर्थ न्यौपाने, महारुद्र अधिकारी, टेक बहादुर खड्का बिश्वमणि देवकोटा, टेक बहादुर थापा, मिन बहादुर केसि, तिलक भण्डारी,प्रकाश वस्नेत ,शम्भु गिरी,प्रमोद वस्नेत कुल बहादुर खत्री शुरेश हमाल,शोभाकर न्यौपाने ,टिका घर्ती लगायतले आ आफ्नो भनाइ राख्नुभएकोथियो ।

कार्यक्रम नेपाली काङ्ग्रेस प्रदेशसभा ३ (ख) का सभापती खिम बहादुर वलिको अध्यक्षता,नेपाली काङ्ग्रेस दाङका सहचिव राजु आचार्यको प्रमुख आथित्यता तथा जिल्ला सहसचिव सुवोध डाङ्गीको विशिष्ट आथित्यतामा भएकोथियो ।

नेपाली काङ्ग्रेस प्रदेशसभा क्षेत्र नं. ३ (ख) का उपसभापति द्रोण देवकोटाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण क्षेत्र नं. ३ (ख) का सचिव भद्र बहादुर खड्काले गर्नुभएकोथियो ।