त्रिभुवन नगर जेसिसको लागुऔषध सचेतना कार्यक्रम सम्पन्न

दीपक वली
घोराही,६ बैशाख ।
त्रिभुवन नगर जेसिसको आयोजना आज घोराही १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक माध्यामिक विद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दै यस्ता सचेतना मुलक कार्यक्रमको आवश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरीएको हो ।

यस्ता सचेतनात्मक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने कार्यक्रमका बक्ताहरुले बताएका थिए । जेसिसले आगामी दिनमा यस्ता सचेतना मुलक कार्यक्रम गर्नका लागि प्रहरीसंगको समन्वयमा अझै ठुलो योजना बनाउने बताएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दाङका इन्स्पेक्टर सुशान्त मिश्रले लागु औषधको विकास तथा उत्पती, यस विषयमा कानूनमा के छ? यसका असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने, नागरिकको भूमिका के हुन्छ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेतले समाजमा फैलिदै गएको लागु औषध दुव्र्यसनीका कारण थुप्रै घटना भइरहेको बताउँदै यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिनु भयो । साथै नियमित रुपमा यस्ता सचेतनात्मक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताउनुभएको थियो ।


अहिले बालबालिकाहरु लागुऔषधको कुलतमा फस्ने गरेको हुँदा सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बिकास चौधरीले बताउनुभएको थियो । साथै सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएको बताउनुभयो । त्रिभुवन नगर जेसिस वर्ष २०२४का महासचिव रमेश घिमिरेले संचालन गरेको कार्यक्रममा विद्यार्थी, यूवा, अभिभावक, समुदायका अगुवा लगायत विद्यालयका करिब १२० जनाको सहभागिता रहेको थियो ।

कार्यकारीणी उपाध्यक्ष रोशन दाहाल कार्यक्रमको मुल संयोजक रहनुभएको सचेतना कार्यक्रमले नेतृत्व विकास गर्ने समाज समाजमा गएर देखिएका समस्या समाधानमा आफ्ना क्रियाकलाप गर्दै जाने बताउनुभयो । कार्यक्रमका जेसिसका पुर्व अध्यक्षहरु, बोर्डका सदस्यहरु, साधारण सदस्यहरुको पनि उपस्थिति रहेको थियो । जेसि रविकिरण केसीको अध्यक्षता तथा विद्यालयका अध्यक्ष बिकास चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसि मिनेस श्रेष्ठले ब्यबस्थापन गनुभएको थियो ।

यस्तै कार्यक्रमका संयोजक समेत रहनुभएका जेसि बिबेक देबकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो । जेसिसको सप्ताह ब्यापि कार्यक्रमको समापन यहि आउदो बैशाख ८ गते शनिवार एक सांगितिक कार्यक्रमको साथ गरीने जेसि बिबेक देबकोटाले जानकारी दिनुभयो ।