दाङबाट रुकुम जाँदै गरेको यात्रुबहाक बस दुर्घटना, विवरण आउन बाँकी

दाङ, ५ वैशाख । दाङबाट रुकुमकालागि हिडेको यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका २ ठिनबाँङ्गमा बस दुर्घटनामा परेको हो । बस पुल देखि तल खसेको छ । विहान ११ बजेतिर बस दुर्घटनामा परेको हो ।


रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस दुर्घटना परेको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने तयारी गरिएको छ ।