शनिबार तुलसीपुरका विभिन्न ठाउँमा विद्युत सेवा बन्द हुने

तुलसीपुर, ६ पुस । तुलसीपुरमा शनिवार (भोली) विद्युत सेवा बन्द हुने भएको छ ।

तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसीपुर-७ रानीघाट क्षेत्रको मानपुर-बिजौरी फिडरमा विद्युतको पोल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरिने वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिए ।


शनिवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहने छ ।

मानपुर- बिजौरी फिडर अन्तर्गत मानपुर, बिजौरी, कुटिचौर, हेमन्तपुर, खाद्रे लगाएतका क्षेत्रहरुमा विद्युत अबरोध हुने कार्यालयले जनाएको छ ।