तुलसीपुरमा अटो दुर्घटना हुदाँ ३ जना घाइते

तुलसीपुर, १ बैशाख ।
दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–४ घोरनेटी निवासी २१ बर्षीय माया वलि, सोही ठाउकी ४५ बर्षीय दिल कुमारी वलि र १९ बर्षीय सरिता वलि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार चखौराबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ५१७७ नम्बरको अटो आज बेलुका ६ बजेको समयमा तुलसीपुर८ भम्के नजिकै आफै अनियंत्रित भएर पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।