राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति

दाङ, २८ माघ ।
सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको खोजी गरिने बताएकी छिन् । नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशले आज प्रदेश राजधानी भालुवाङमा आयोजना गरेको स्वागत सम्मान एवं पत्रकार भेटघाटका अवसरमा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।


प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार जस्तै बनेकाले केही समयमा हुुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति सहितको उम्मेद्वार दिने बताएकी छिन् । जसका लागि सत्ता गठबन्धन दल र प्रतिपक्ष दलहरु बीचको आन्तरिक छलफल चलिरहेको उनले बताईन ।