नेपाली कांग्रेस दंगीशरणको दोस्रो पालिका सम्मेलन सम्पन्न

दंगीशरण, २७ चैत ।
नेपाली कांग्रेस दंगीशरणले आफ्नो दोस्रो पालिका सम्मेलन सम्पन्न गरेको छ ।नेपाली कांग्रेसको विधान बमोजिम हरेक बर्ष आफ्नो साङ्गठनिक आर्थिक र राजनैतिक प्रतीबेदन पेश गर्न तथा सङ्गठनको साङ्गठनिक अवस्थावारे छलफल गर्न सम्मेलन आयोजना गरीएको नेपाली कांग्रेस दंगीशरणका गाउँपालिकाका प्रवक्ता गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

दोस्रो सम्मेलनको उद्घाटन नेपाली कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले नेपाली कांग्रेसका सस्थापक सभापती विशेस्वर प्रसाद कोइराला र नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गिय खुम वहादुर खड्काको तस्विरमा माल्यार्पण सहित पानसमा बत्ती वालेर उद्घाटन गर्नुभएकोथियो ।

कार्यक्रममा बोल्दै सम्मेलनका प्रमुख अथिती नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले लोकतन्त्रले नागरिकहरुलाई चित्त नबुझेको कुरा निर्धक्कका साथ बोल्न र आफ्नो अभिमत राख्न सक्ने बनाएको बताउनुभयो । पार्टी भित्र पद थोरै हुने र आकङक्षि धेरै हुने हुदा सवै नेता कार्यकर्ता इमानदारीताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।अर्को एक प्रसङ्गमा प्रमुख अथिती गिरीले आफुलाई जनताले अभिमत दिइ पठाएकोले जनताको आवाज बोल्न र यहाँको हरेक विकास निर्माणको सवालमा आफु सदैव गम्भीर रहेको बताउनुभयो ।

सम्मेलनमा बोल्दै सम्मेलनका विशिष्ट अथिती शंकर प्रसाद डाङ्गीले पार्टी मजबुत हुन सङ्गठनहरु चलायमान हुनपर्ने बताउनुभयो ।पार्टीको जग भनेको टोल तथा समुदाय हुने भएकाले जनताको हरेक सुख दुःखमा साथ दिने काङ्ग्रेस बन्न सुझाव दिनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि केशव आचार्य ,नेपाली कांग्रेसका महाधिवेशन प्रतीनिधि देविका नेपालि ,नेपाली कांग्रेस दाङका सहसचिव सुबोध डाङ्गी,नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापती जगत खड्का,शान्तीनगर र बबइ गाउँपालिका सभापतीहरु शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद वस्नेत वडा सभापतीहरु,जिल्ला सदस्यहरु प्रदेश सह सचिवहरु, लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

सम्मेलनको अवसरपारी दंगीशरण गाउँपालिकाभित्र रहेका ८० बर्षमाथिका कृयाशिल सदस्य र साविक सभापतीहरु गरी २२ जनालाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरीएकोथियो ।

सम्मेलन नेपाली कांग्रेस दंगीशरणका सभापती शम्भु गिरीको अध्यक्षता,नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व सिचाइमन्त्री दिपक गिरीको प्रमुख आथित्यता नेपाली कांग्रेस दाङका सभापती शंकर प्रसाद डाङ्गी र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेशका निवर्तमान संसद संकर गिरीको बिशिस्ट आथित्यतामा सम्मेलन सम्पन्न भएको हो ।