गुरुकुल एकेडेमीको प्लस टु व्यवस्थापन संकाय संयोजकमा अधिकारी नियुक्त

घोराही, २४ जेठ ।
गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु व्यवस्थापन संयोजकमा राजन अधिकारी नियुक्त हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरेले जानकारी दिनुभयो ।

शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको व्यवस्थापन संकायलाई उच्च व्यवस्थापन गुणस्तरका साथ संचालन गर्नुहुने छ भन्ने विश्वास समेत अध्यक्ष घिमिरेले गर्नुभएको छ ।


२०७२ सालबाट संचालनमा आएका विद्यालयको ब्यापक सफलता पछि २०७८ सालबाट प्लस टु संचालनमा ल्याएको थियो । नव नियुक्त संयोजक अधिकारीले पधभार ग्रहण गर्दै विद्यालयले दिएको जिम्मेवारी पुरा गर्ने र प्लस टु व्यवस्थापन संकायलाई वृहत रुपमा उच्च गुणस्तर शिक्षाको हवको रुपमा लैजाने र सबै अभिभावकको रोजाईमा पर्ने गरी अगाडि बढाउने बताउनुभयो ।

साथै उहाँले गुरुकुलमा भर्ना भई सकेपछि विद्यार्थीले नेतृत्व गर्न सक्ने क्षमताका साथ गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउनुभयो । गुरुकुल एकेडेमीमा प्लस टुको लागी विज्ञान तथा व्यवस्थापन संकायमा प्री रजिष्ट्रेशन पनि खुलेको बताउनुभएको छ ।