शान्तिनगरमा काँग्रेसको घरदैलो जारी

निराश पान्डे
शान्तिनगर
१८ वैशाख / नेपाली कांग्रेस शान्तिनगर वडा नं.३ ले आज घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । आज नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतको नेतृत्वमा वडा नं. ३ को सिम चौपारी,पातेटाकुरा,डहरटोल,गाहाटोल,अधेरे,पश्चिम गनारी हुँदै चिराघाटका मतदाताहरुसंग उम्मेदवारहरुले आफ्नो पक्षमा मत मागेका थिए ।

घर दैलो कार्यक्रममा मतदाताहरुसंग भोट माग्दै गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले आफू शान्तिनगरको समग्र बिकास गर्न अध्यक्ष पदमा उठेको बताउदै बस्नेतले स्वास्थ्य ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

No description available.


 

घर दैलो कार्यक्रममा उपाध्यक्ष पदकी उम्मेदवार प्रेमा बुढाथोकी केसी, ३ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार मीन बहादुर केसी र अन्य सदस्य लगायत सयौ कार्यकर्ताको घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो। । साथै ५ नम्बर वडाका बिभिन्न क्षेत्रमा पनि घरदैलो गरिएको थियो ।