रात्री बसको ठक्करबाट दाङमा मोटरसाईकल चालकको मृत्यु

दाङ, २७ चैत । दाङ तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रीबसलको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गोग्लीबाट घोराही तर्फ जाँदै गरेको लु ४१ प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिदा घोराही उपमहानगरपालिका १७ निवासी वर्ष २३ का सौगात ओलीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार घोराही उपमहानगरपालिका १७ बेलबास, सिस्नेखोलाको ओरालोमा ठक्कर दिएको हो ।


मंगलबार राति पौने ९ बजे ठक्कर दिदा गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु भएको हो । ओलीसंगै मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका ११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने घाइते भएका छन ।

उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ भने बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।