दाङका सबै स्वास्थ्यकर्मी आन्दोलित

स्वास्थ्यकर्मीको विरोध

दाङ
१३ भदौ / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेहरुलाई पक्राउ नगरेको भन्दै दाङका सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् ।

शुक्रबार दिउसो पौने २ बजेतिर उक्त घटना भएपनि आईतबारसम्म पनि पक्राउ नगरेको भन्दै दाङका सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन् । स्वास्थ्यसंग सम्बन्धि २० संघसंस्थहरुले संयुक्त विज्ञप्ति जारी गरि दोषिलाई कानुन वमोजिम कारवाही नगर्दासम्म अतिआबश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

साथै तुलसीपुमा दाङका स्वास्थ्यकर्मीहरुले आईतबार विरोध ¥याली समेत निकालेका थिए । साथै शुक्रबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना समेत दिएका थिए । स्वास्थ्यकर्मी नै आन्दोलित हुँदा विरामीहरु भने मारमा परेका छन् ।

शुक्रबार दिउसो पौने २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४/५ जना युवाहरुले डा. सिंह माथि दुव्र्यबहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवादले उग्र रुप लिएपछि परियारसहितको टोलीले शुक्रबार डा. माथि कालोमोसो दलेका थिए ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले अभियुक्तहरु जिल्ला बाहिर भएकाले पक्राउ गर्न समस्या रहेको बताएका छन् । साथै घटनाका बारेमा समयमा खबर नहुँदा पनि समयमै पक्राउ गर्न नसिकएको प्रतिक्रिया दिदै आएका छन् । विहीबार नै सर्जनसहितको टोलीले अस्पतालका लेखापालमाथि हातपात समेत गरेको भनि प्रहरीमा उजुरी परेको छ ।

May be an image of 1 person and text

 

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'