प्रमाणविना अख्तियारमा उजुरी नहालौं

सरकारी निकायमा अहिलेको समस्या अख्तियारमा पर्ने उजुरीले पारेको छ । स्थानीय तह होस्, वा प्रदेश तथा संघ अन्तर्गतका कार्यालयहरुमा पर्ने बेनामे उजुरीले कर्मचारीहरु त्रसिद हुने गरेका छन् । तथ्य प्रमाणविना उजुरी पर्ने र त्यसले कर्मचारीमा मनोविज्ञान रुपमा असर गर्ने गरेको छ । हरेक काम गर्दा पनि त्यसमा उजुरी पर्ने हुँदा, विकास निर्माणका हरेक काम गर्न हिच्किचाउने अबस्था रहेको छ । कानुन सम्वत, विधि पु¥याएर काम गर्दा पनि उजुरी पर्दा त्यसको जवाफ लेख्न नै ठिक्क हुने अबस्था हुन्छ । त्यति मात्रै होईन्, उजुरी परेपछि विकास निर्माण नै ठप्प हुने अबस्था छ । धेरै कर्मचारीहरुले त काम गर्न पनि मानिरहेका हुँदैनन् ।

अख्तियारको दुरुपयोग कसैले पनि गर्नुहुँदैन। त्यसकालागि नियमित छानविन तथा अनुगमन हुनुपर्छ नै । त्यसले कर्मचारीलाई सचेत पनि बनाउछ । गलत गर्ने खोजेमा सचेत बनाउछ, तर, ब्यक्तीगत इगोको कारण, ठेक्का नपाएका कारण जस्ता कुरालाई लिएर अख्तियारमा उजुरी हाल्ने जुन प्रचलन छ । यसले विकास निर्माणमा निकै असर पु¥याईरहेको छ । गलत गर्दा हामीले नै सचेत बनाउने हो । समाजमा ब्याप्त भ्रष्टाचार, अनियमितता पनि छ । तर, त्यो कुरा हामीले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्छ । कसैप्रति पूर्वाग्राही राखेर, कसैमाथि दुःख दिने नियत राख्दा त्यसले समाजको विकासलाई नै असर पु¥याइरहेको हुन्छ ।


हरेक काममा हामीले सहयोग नै गर्ने हो । अहिले परेका उजुरीको ट्रेन हेर्दा ‘काम सुरु नहुँदै, भुक्तानी भइसक्यो’ भनेर पनि परिरहेका हुन्छन्। जो कि त्यो गलत हुन्छ तर, पनि विकास निर्माण कार्य रोकिन्छ । उपभोक्ता समिति निर्माणमा चित्त नबुझेपछि पनि यसरी अख्तियारमा उजुरी पर्ने गर्छन् । धेरै योजनाहरु स्थानीय सरकारका परिरहेका छन् । धेरै ब्यक्तीका धेरै प्रकारका ‘इन्टेन्श’ जोडिने भएकाले पनि स्थानीय सरकार विरुद्ध बढि परिरहेका हुन्छन् । पालिकाबाट रातो किताब लैजाने र त्यही किताबका आधारमा उजुरी हाल्ने काम भइरहेको हुन्छ । यसले गर्दा पालिकाका सबै जसो योजनाहरुमा यसरी अख्तियारमा उजुरी पर्ने गर्छन । यसरी अनाहकमा दुःख दिने नियतले उजुरी हाल्दा आफैलाई पनि नोक्सान गरिरहेको हुन्छ, भन्ने कुरा बुझ्न जरुरी हुन्छ । साभार: अग्रिम साप्ताहिक