दीपक बोहरा
दाङ, २६ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहरबाट कम्पोष्ट मल उत्पादन गरेको छ । तुलसी कम्पोष्ट मल नाम दिएर तीन महिनामा २.५ टन मल उत्पादन गरेको हो । गल्ने फोहरबाट उक्त मल उत्पादन गरिएको भन्दै यसलाई निरन्तरता दिईने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए ।“गल्ने फोहरबाट हामीले कम्पोष्ट मल उत्पादन गरेका छौं”,उनले भने“यसलाई निरन्तरता दिने छौं ।”
तुलसीपुरमा उत्पादन हुने फोहरबाट मल उत्पादन गरिएको हो । जहाँ दैनिक ९० टन फोहर उत्पादन हुनेगर्छ । तर, उपमहानगरपालिकाले २५ टन मात्रै संकलन गर्ने गर्छ । ति मध्ये गल्ने फोहरबाट मल उत्पादन गरिएको प्रमुख खड्काले बताए । युएसएआइडी, तयार नेपाल र व्लु वेष्ट टु भ्यालुको आर्थिक सहयोगमा तीन महिने तालिमका क्रममा यहाँ मल उत्पादन गरिएको हो ।
तुलसीपुरको फोहर ब्यबस्थापनको निकै चुनौति हो । यसलाई न्यूनिकरण गर्नकालागि कम्पोष्ट मल उत्पादनले महत्वपूर्ण भूमिका खेल्ने समेत प्रमुख खड्काले बताए ।
नगल्ने फोहरबाट पनि झोला, ढकिया, जुत्ता पेनहोल्डरलगायतका सामग्री निर्माणको तालिम प्रदान गरिएको छ । जसले गर्दा गल्ने र नगल्ने फोहरलाई ब्यबस्थापन गर्न सकिन्छ । तुलसीपुरमा फोहर ब्यबस्थापनकालागि डम्पिङ नहुँदा निकै समस्या हुने गरेको थियो । तर, अब गल्ने र नगल्ने फोहर ब्यबस्थापन हुन थालेपछि फोहर ब्यबस्थापन सहज हुने प्रमुख खड्काको भनाई छ ।
लाइभदाङ । २६ चैत्र २०८०, सोमबार २०:५० बजे