शान्तिनगर –२ का वडा अध्यक्ष वली पक्राउ

शान्तिनगर, ८ असार ।
दाङको शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडा अध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट ११ः५० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेका वडा अध्यक्ष वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी गौतमले जानकारी दिनुभयो । अनुसन्धानका लागि आजै म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाउने तयारी गरिएको छ ।


वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरि प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेपनि उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार उजुरी परेको थियो ।