
तुलसीपुर,२६ चैत ।
नयाँ समीकरण अनुसार बनेको लुम्बिनी प्रदेश सरकारको पहिलो बैठक भएको छ । प्रदेश राजधानी राप्ती उपत्यका दाङमा आईतबार साँझ भएको बैठकले प्रदेश सरकारको प्रबक्तामा मन्त्री दिपेन्द्र कुमार पुनलाई चयन गरेको छ ।
माओवादी केन्द्र, एमाले, जसपा, नागरिक उन्मुक्ती पार्टी, एकीकृत समाजवादी पार्टी र एक जना स्वतन्त्र सांसद सम्मिलित गठबन्धनबाट बनेको नयाँ सरकारको पहिलो बैठक बसेको हो ।
बैठकले प्रदेश राजधानी दाङ देउखुरी स्थित राप्ती गाउँपालिका—१, भालुबाङमा सञ्चालित प्रास्तावित अस्पतालाई लुम्बिनी प्रदेश सरकारले बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने निर्णय समेत गरेको छ ।



लाइभदाङ । २६ चैत्र २०८०, सोमबार १६:०५ बजे