राम्री देखि कपुरकोटसम्म सडक स्तरोन्नती हुँदै,८ घण्टा सडक बन्द हुने

दाङ–सल्यान सडक दैनिक ८ घण्टा बन्द हुने
दाङ, २५ चैत ।
सडक स्तरोन्नती हुन थालेपछि दाङ–सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

दाङ-सल्यान राप्ती राजमार्ग अन्तर्गत राम्री देखि कपुरकोट सडकखण्डमा ब्याक कटिङको काम हुने भएकोले सोमबारदेखि बैशाख १६ गते सम्म बन्द हुन लागेको हो ।

दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र राति ९ बजेदेखि राती १२ बजेसम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।


साथै बैकल्पीक बाटोको रुपमा साना सवारी साधनको लागि पैयाखोरिया सातवास-किमुचौर हुँदै कपुरकोटको बाटो प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

May be an image of text that says "०5२-४६०१३३ जिल्ला प्रशासन कार्यालय घोराही, दाड पत्रसंख्या:क.प्.२०८०/०८१ चलानी नम्बर: ने.सं. मिति २०८०/१२/२५ चिल्लागा १४, आइतबार राप्ती लोकमार्गको राम्री-कपुरकोट सडक बन्द हुने सूचना! सडक डिभिजन दाडको संख्या २०८०/०८१ च.नं. १०४२ मिति को पत्र अनुसार दाड-सल्यान राप्ती लोकमार्ग सडक अन्तर्गत राम्री देखि कपुरकोट सडकखण्डको सडक स्तरोन्नती कार्यको लागि ब्याक कटिड गर्न तपसिलको मिति समयमा सडक बन्द हुने व्यहोरा जानकारीको लागि अनुरोध तपसिल सडक खण्ड मिति,समय राम्ती मिति लोकमार्गको दिउँसो राम्री-कपुरकोट राती ९:०० सडक वैकल्पिक देखि मिति २०८१/०१/१६ गतेसम्म बजे देखि बेलुका ४:०० बजेसम्म देखि राती १२:०० बजेसम्म साना साधनको लागि पैयाखोरिया- सातावास- किमुचौर कपुरकोट सडक सावित्रा पुन जिल्ला अधिकारी सहायक प्रमुख"