नेत्र खनाल
प्युठान । दलित र जनजातिको बाहुल्यता रहेको प्युठान जिल्लाको सरुमारानी गाउपालीका सबिक बाङेसाल ढुङेगढी हंशपुर गाउबिकास समिति र तिराम र धुवाङको केही वडा मिलेर सरुमारानी गाउपालीका बनेको हो ।२०४६ साल देखि २०५० साल सम्म दलका हिसावले राष्ट्रिय जनमोर्चाले कब्जा गरेको थियो भने २०५४ सालको स्थानिय चुनाबमा एमाले ले बाङेसाल र हंशपुरमा संगठन बिस्तार गरि बिजयी भएको थियो ,भने २०६४ सालको संविधान सभाको चुनाबमा माओवादीले राम्रै जनमत तयार गर्यो र निर्णायक मत प्राप्त गरेको थियो ।
जनयुद्ध वाट स्थापित बनेको माओवादी दल सरुमारानीको हकमा २०७४ सालको स्थानिय निर्वाचनमा ६ वडा रहेको सरुमारानीमा ५ नम्बर वडा मात्र बिजयी बनी पराजय भोगेको थियो । युद्वकालमा राम्रै प्रभावमा रहेको माओवादी जिल्ला र केन्द्रीय स्तरका नेताको नजर नपुग्नु र संगठन बिस्तारका लागि जनता सम्म नजानुका कारण माओवादीका आधार ईलाका भत्किदै गएका थिए ।
स्थानीय चुनावमा उठाउने उमेदवारको सहि छनोट गर्न नसक्नु पनि माओवादीको कमजोर पक्ष रहयो । भने सक्रिय कार्यकर्ता पनि अन्य दलमा प्रबेश गर्नु पनि माओवादी ले घाटा ब्यहोर्नु परेको थियो । स्वय पालिका अध्यक्षका उमेदवार बनेका डोर बहादुर दर्लामी पनि आर्थिक पाटो बिग्रियको भन्दै उनले पनि माओवादी छाडेका थिए भने केही असर पार्टी बिभाजनले पनि पारेको थियो ।
संगठनमा क्रियाशिल नेताहरु पनि संगठन निर्माण गर्नपनि खासै चासो नदिनुले पनि सरुमारानीमा माओवादी कमजोर हुन पुगेको थियो ।भने २०७९ सालको स्थानीय चुनाबमा पनि नेपाली काग्रेस संग गठबन्धन गरेर चुनावमा जादा ५ न बडा बिजयी हुदैगर्दा २ नम्बर बडामा १२ मतले पराजित भोगेको थियो । भने संघ र प्रदेशको चुनावमा गठबन्धनका बिच रहदा केही मत सुधार गर्दै ५,२, र १ मा बिजयी मत प्राप्त गरेको थियो ।
कम्युनिष्टको उर्वर भूमि रहेको सरुमारानीमा माओवादी कमब्याक हुन धेरै आधार भएपनि गति र लय पक्रन नसक्नु पनि माओवादीको कमजोरी नै हो ।किन कि स्थानीय सरकार समालेको एमालेले पनि दुईकार्यकाल सम्माल्दै गर्दा जनताका सैद्धान्तिक आधारभुत बिकास पूरा गर्न नसक्नु समुदायमा अनुदानका कार्यमा पनि राजनितीक विभेद गर्नु जस्ता कार्य प्रशस्त हुदा हुँदै पनि शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न पनि नसकेको जस्तो देखीनु पनि माओवादीको लागि घाटा नै रहयो ।
जब २०८० भाद्र १६ गते पछि माओवादीको चार महिने जनता संग माओवादी बिशेष रुपान्तरण अभियान सुचारु गर्यो उक्तअभियानको ईन्चार्जको जिम्मा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष लुमाकान्त न्यौपाने(सागर) र सह ईन्चार्जको जिम्मा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बुद्व बहादुर बस्नेत(वसन्त) ले पाएका थिए, चार महिने अभियानका दौरानमा कुसल ईन्चार्ज र सह ईन्चार्जको सक्रियता र स्थानीय नेताको खटाईले आफ्नो संगठनको बिरासत फर्काउन माओवादी सफल भएको देखिन्छ ,संगठन छोडेर गएका कार्यकर्तालाई आफ्नै संगठनमा फर्काउन लागि पर्नुपनि उक्त अभियानको सफल कार्य रहयो ।
ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी समालेका नेताहरुको स्प्रिट मिल्नुले पनि अभियान सफल हुन पुगेको देखिन्छ ,उक्त अभियानमा सबै बडाका वडा कमिटी गठन ,४२ वडा टोल र ईकाई कमिटी गठन जबस मोर्चाहरुको सबै कमिटी गठन गर्नुका साथै ८ सय संगठीत सदस्य बाट १२ सय संगठित सदस्य पुर्याउनु पनि उक्तअभियानले आक्रमकरुपमा संगठन बिस्तार गरेको पाईन्छ ,अभियानका क्रममा तत्कालि लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्की तथा संघिय सरकारका सुचना संञ्चार तथा प्रबिथी मन्त्री रेखा शर्मालाई अभियानमा जोडी जनता संग बिकासका योजनामा जोड्नु पनि अभियान सफल हुनु नै रहयो ,योजना बद्व तरिकाले ईन्चार्ज र सहईन्चार्ज ले बस्ति बस्तिमा सेल्टर लिएर बस्नुले पनि अभियान सफल भएको देखिन्छ ।
पार्टी कमिटी लाई ब्यबस्थित सहित संगठित सदस्यहरुको श्रेस्ता कायम डड्डा सिस्टम गराउनु सक्नु पनि अभियान सफल र संगठन बिस्तारमा एकरुपता छाएको देखिन्छ भने सरुमारानीको संगठनको बिजयी प्राप्तको लागि माओवादी केन्द्र ले अझ बढि मेहेनत गर्नुका साथै निरन्तर जनताका माझ जान जरुरी देखिन्छ , भने सत्ता पक्षसंग जनताको बित्रृष्णा बढ्दै गएको देखिन्छ उक्त बित्रृष्णालाई माओवादी ले लय पक्रन जरुरी देखिन्छ । भने पार्टी प्रबेशलाई अभियानकै रुपमा निरन्तर अगाडि लान जरुरी देखिन्छ ।
लाइभदाङ । २४ चैत्र २०८०, शनिबार २०:१० बजे