लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

दाङ, २३ चैत ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


महराले शुक्रबार मात्र बुहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।