यात्रुबहाक जीप दुर्घटना, एकको मृत्यु

दाङ, २२ कात्तिक । सल्यानको कालिमाटीबाट दाङ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख टीका महतराका अनुसार सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ३ का गाडी धनी अन्दाजी ४० वर्षीय देबबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको महतराले जानकारी दिए ।


घाइतेहरुमध्य दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक भने फरार रहेका छन् ।

दाङको बबई गाउँपालिका वडा नं.३ ठाडो खोलामा बिहान ९ बजेतिर जीप दुर्घटना भएको हाे । दुर्घटनाबाट घाईते भएका ११ जनालाई उपचारका लागि तुलसीपुर ल्याईएकाे छ ।