तुलसीपुर,२२ चैत ।
नेकपा माओवादी केन्द्र बबईले पालिका भित्रका वडा तथा अन्य कार्यालयमा हुने गलत कार्यको ध्यानाकर्षण गराउने भएको छ । पार्टीको विहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
जसका लागि समिति निर्माण गरिएको छ । निम बहादुर विकको संयोजकत्वमा बनेको समितिमा यज्ञ बहादुर वली , मार्सल जीसी, तुलसी राम घर्ती, रोशन केसी , गंगाराम रसाइली , निम प्रसाद भण्डारी , कुलबहादुर विक र कृष्ण बिक सदस्य रहेका छन् । पालिकामा ७ वटा वडा छन् । पार्टीका पालिका अध्यक्ष यकलाल घर्तीको अध्यक्षतामा बैठक बसेको हो ।
लाइभदाङ । २२ चैत्र २०८०, बिहीबार १७:५३ बजे