लुम्बिनीमा जसपाले चौधरीलाई विश्वासको मत नदिने

दाङ,२२ चैत ।
जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ । केन्द्रमा सत्ता समिकरण फेरिएपनि जसपा लुम्बिनी सरकारबाट बाहिरिएको थिएन । अहिलेे पनि जसपा लुम्बिनीमा काँग्रेस नेतृत्वको सरकारमै छ । तर,मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेपछि जसपाले मत नदिने निर्णय गरेको हो ।


 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिदै