दाङ, २१ चैत । दाङको घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानले एमबिबिएसको कक्षा सन्चालन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ । प्रतीष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका कक्षाहरु सन्चालन गर्ने तयारीका सन्दर्भमा यसै आर्थिक बर्षदेखि तयारी ब्यापक पारीएको जानकारी दिनु भयो । यसैक्रममा एमबिबिएसकै तयारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आईरहेको कार्यालय भबन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रतीष्ठानलाई हस्तान्तरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले प्रतीष्ठानमा एमबिबिएस कक्षा सन्चालनको तयारीका लागि भबन चाहिने भएकाले काममा सहजताका लागि जनस्वास्थ्य कार्यालयको भबन प्रतीष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरिएको बताउनु भयो । प्रतीष्ठानका उपकुलपति डा. बिकास लामीछानेले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतीष्ठानलाई जनस्वास्थ्यको भबन उपलब्ध गराउन सहयोग गरेकोमा प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल, स्वास्थ्य सचिब डा. जनार्दन पन्थिसहित सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद दिनु भयो । रजिस्ट्रार लम्सालले जनस्वास्थ्य कार्यालयको भबनलाई एमबिबिएसको सन्चालनको तयारी गर्न उपयोग गरिने बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार त्यस भबनमा एमबिबिस कक्षा सन्चालनका लागि नियुक्त हुने प्राध्यापकहरुको कार्यालय भबन र प्रतीष्ठानको प्रशासनिक भबनकोरुपमा प्रयोग गरिने छ ।
लाइभदाङ । २१ चैत्र २०८०, बुधबार १३:०६ बजे