स्वास्थ्य संस्थामा सामुदायिक अंकपत्र कार्ययोजनाको अनुगमन

दाङ,१६ असार ।
रोल्पाको त्रिवेणी गाउँपालिका ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र लिङ्दुङ्को सामुदायिक अंकपत्र कार्ययोजनाको कार्यन्वयन सम्बन्धि अनुगमन गरिएको छ।
सामुदायिक अंकपत्रको पश्चातको अनुगमन कार्यक्रम स्वास्थ ब्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष तिला कुमारी ओलीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा सेवाग्राही, सेवाप्रदायक, शिक्षक, विद्यालय, प्रधानाध्यापक, विद्यालय नर्स, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी र अनुगमन समितिको सहभागीतामा सम्पन्न भएको हो ।

कार्यक्रममा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पहिले वृद्धि अनुगमनमा कमी हुनुकासाथै आमाहरुले बच्चा स्वास्थ्य संस्थामा लिन नमान्ने, सुत्केरी जांच नियमित रुपमा गर्न नआउँने, झाडापखाला तथा आउँको समस्या बढि हुने, प्रजनन स्वास्थ्यमा सुधार नभएको, नवजात शिशु तथा एकीकृत ब्यबस्थापनमा सुधार नभएकोजस्ता कुराहरु रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रकि कार्यलय प्रमुख मिरा रानाले बताईन् ।“ हाम्रो स्वास्थ्यको सामुदायिक अंकपत्र २०७९ साल पुस ३ गते भएको थियो र त्यो कार्यक्रममा सेवाग्राही र सेवाप्रदायक साथै स्वास्थ्य ब्यवस्थापन समिति सबैलाई समेटेर दुबै पक्षमा भएका कमिकम्जोरी तथा राम्रो सेवा प्रबाहको बारेमा ११ वटा सुचकहरुमा छलफल गरिएको मध्य ३ वटा सुचक कार्यान्वयनको क्रममा रहेको छ।’,उनले भनिन् ।

स्वास्थ्यमा ११ वटा सुचकहरुको बारेमा जवाफ दिदै उनले स्क्रिनिङ क्याम्पहरुमा हेल्थ पर्शन र एफसीएचभीहरुलाई परिचालन गरिने हुँदाको रिपोर्ट राम्रो भएको, सीएससी पश्चात् स्वास्थ्यको इन्टिग्रेटरमा सुधार गर्न टेवा पुर्‍याएको हुँदा बताईन् ।


सेवाग्राही तथा अनुगमन समितिका संयोजक चित्रा केसीले सीएससी गर्नु भन्दा पहिले स्वास्थ्यबाट कति प्रकारको सेवा सुबिधा उपलब्ध हुन्छ भन्ने थाहा नभएको बताईन् । सीएससी पश्चात् स्वास्थ्यमा उपलब्ध हुने सेवाहरुको बरेमा जानकारी भएको उनको भनाई छ ।

स्वास्थ्य केन्द्र सुधारकालागि सेवाग्राहीको पनि उत्तिकै भूमिका हुने र उक्त भुमिका निर्वाह गर्न दुबै पक्षबाट पहल कदमी चाल्नु पर्ने उनको भनाई छ ।

स्वास्थ्य ब्यबस्थापन समिति अध्यक्ष तिला कुमारी वलीले स्वास्थ्य संस्थाबाट कति प्रकारका सेवा उपलब्ध हुन्छ भन्ने कुरा सबैले जानकारी पाउनु पर्ने बताईन् ।

स्वास्थ्य संस्थामा सामुदायिक अंकपत्र गर्नु पर्छ भन्ने बिषय नौलो भएकाले पहिले पहिले सीएससी गर्दा कतै स्वंयमसेबिका र स्वास्थ्यकर्मीबीच सेवाग्राहीसंग विवाद गराउने त हैन भन्ने सबैमा आशंका उत्पन्न भएको थियो ।