दाङमा दुई यात्रुबहाक बस ठोक्किदा दुर्घटना

दाङ,२१ चैत । दाङमा दुई वटा यात्रुबहाक बस ठोक्किदा दुर्घटना भएको छ ।

लमही नगरपालिका ३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा केही यात्रु घाइते भएका छन् । घाइतेहरुको एकीन विवरण आइनसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार दुबै बसमा सवार रहेका केही यात्रुहरु घाइते भएका छन् । सामान्य घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भइरहेको छ ।

बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुबहाक बस बुधबार साढे ११ बजेतिर ठोक्किएका थिए । थप विवरण आउन बाँकी छ ।