२३ गते अधिवेशन सुरु हुदैछ, त्यही अधिवेशनमा नयाँ बजेट आउछ : महरा

दाङ
२१ भदौ / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का प्रबक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको भदौ २३ गतेको सुरु हुने अधिवेशनबाट नयाँ बजेट आउने बताएका छन् ।

सोमबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महराले यही अधिवेशनाबट नयाँ बजेट ल्याउने तयारी भएको बताए ।‘ २३ गते अधिवेशन छ, यही अधिवेशनबाट नयाँ बजेट आउदैछ’, उनले भने‘ नयाँ बजेटको तयारी हुँदैछ, नयाँ बजेटमा अस्पताललाई के गर्न सक्छौं, सल्लाह सुझाब दिनुस्, म पनि जान्छु । भौतिक सुधार, जनशक्ति व्यबस्थापनमा के गर्न सकिन्छ, म तयार छु ।’

साथै उनले लामो समयसम्म मन्त्रीपरिषद विस्तार हुन नसक्दा प्रभाबकारी रुपमा काम गर्न नसकिएको समेत बताए । ‘अहिले मुलुकमा अर्को परिस्थित आएको छ । तर, अहिले पनि जटिल छ, अहिले पाँच दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसको नेतृत्व शेरबहादुर देउवा जीले गरिरहनुभएको छ’, उनले भने‘ तर, मन्त्री परिषद विस्तार नहुँदा फुल फेजमा काम गर्न सकिएको छैन। २३ गते पछि अगाडी बढ्ला । त्यसपछि कामले गति लेला ।’

दाङबाट निर्वाचित सांसद समेत रहेका महराले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको पुर्वाधार, जनशक्तिलगायतको विकासकालागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री, हालका संघीय अर्थमन्त्री छलफल गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा राज्यले पुरै दायित्व बहन गर्ने सक्ने अबस्था नरहेको बताए । राज्यले निर्देशक सिद्धान्तमा स्वीकार गरेको भएपनि कर्तब्य नठानेको भन्दै यसमा राज्यको ध्यान जान आबश्यक रहेको बताए ।

केही दिन अघि मात्रै राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि भएको दुव्र्यबहारको भ्रत्सना गर्दै दोषीमाथि कारवाहीकालागि सम्बन्धित निकायमा पुगेर कुरा गर्ने समेत बताए ।


हामी ६०० सैयाको अस्पताल बनाउन चहान्छौं : अध्यक्ष
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पताललाई ६०० बेडको बनाउने तयारी थालिएको बताएका छन् । अहिले विरामीको चाप बढिरहेको भएपनि भौतिक पूर्वाधार र जनशक्तिको अभाब हुँदा सेवालाइ प्रभाबकारी बनाउन नसकिएको स्वीकार समेत गरे ।‘

अस्पताललाई २०० बेडको अपग्रेड गरिएको छ, तर, त्यसलाई सञ्चालन गर्नकालागि आबश्यक बजेट नहुँदा काम अघि बढ्न सकेको छैन’, अध्यक्ष न्यौपानेले भने‘ ओएनएम सर्वे प्रोसेस अघि बढेको छ । फाईल प्रदेशको स्वास्थ्य मन्त्रालयबाट मुख्यमन्त्रीको टेबुलमा पुगेको छ । त्यसपछि संघीय स्वास्थ्य र अर्थ मन्त्रालयमा पुग्ला, यसमा पहल गरिदिनु प¥यो ।’

अहिले अस्पतालमा रहेको सीटी स्क्यान सेवा पनि जनशक्ति अभाबमा सञ्चालनमा समस्या हुने गरेको उनले बताए । अस्पतालमा एमआरआई सेवा रहेपनि पीसीआर सेवा नभएको भन्दै त्यो पनि थप गर्न आबश्यक रहेको उनको भनाई छ । साथै उनले अहिले अस्पताललाई रेफर अस्पतालका रुपमा लिने गरेको भन्दै यसमा विरामी स्वयंका कारणले रेफर हुन्छ, वा अस्पतालको सेवाले हुन्छ, वा अस्पतालको क्रियाकलापले हुन्छ, भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । अहिले विरामीको क्रियाकलाप र विरामीको चाहाना अनुसार पनि विरामीलाई रेफर गर्ने गरिएको उनको भनाई छ ।

अहिले बेलझुण्डी स्थित कोरोना अस्पताल विश्वविद्यालयको भवनमा निर्माण गरिएको भन्दै विद्यार्थीहरुले विरोध गर त्यो अस्पाललाई प्रादेशिक अस्पतालमा ल्याउनु पर्ने अबस्था हुन सक्ने भन्दै त्यसकलागि पनि पूर्वाधार आबश्यक रहेको बताए । साथै आवास भवनको पनि अभाब रहेको उनले बताए । अहिले ८ जना डाक्टर र १२ जना नर्सका परिवारलाई व्यबस्थापन गरिएको भएपनि त्यतिले पुग्ने अबस्था नरहेको उनले बताए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'