
तुलसीपुर, २९ चैत । नयाँ पुस्ताले नेपाली पोशाक बिर्सिए भन्ने खुबै गुनासो आउछ ।
तर, संरक्षणमा पनि जुटिरहेका छन्, भन्ने कुरा पनि भुल्नु हुँदैन । त्यसको एउटै उदाहरण हो–तुलसीपुर स्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा विद्यार्थीहरुले नेपाली पोषाकमा देखाएको नृत्य । कोही विद्याथीहरु गुन्यु चोलीमा नाच देखाउँदै थिए, त कोही थारु पोशाकमा । यसरी नै विद्यार्थीहरुले आफ्ना पोशाकमा सजिएर आफ्नो नृत्य प्रस्तुत गरेका थिए । कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रममा यसरी आफ्ना भेषभुषासहितको नृत्य प्रस्तुत गरिएको थियो ।
त्यसमा थप सुनमा गुगन्ध थपेका थिए, कालाकार श्रीकृष्ण बम मल्लले । उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम एको हो । त्यस अवसरमा प्रमुख अतिथि खड्काले अबका विद्यार्थीहरु नै देश निर्माणका खम्बा भएको बताए । त्यसले पनि विद्यार्थीहरु कसैको उक्सावटमा लाग्न नहुँने बताए ।
कार्यक्रममा युवा व्यवसायी सुरेश हमाल, लुम्बिनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष मुक्ति न्यौपाने, विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद देवकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए । सहायक प्रधानाध्यापक कमल प्रकाश शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण कार्यक्रम निर्देशक नेत्रलाल भट्टराईले गरेका थिए ।



लाइभदाङ । २९ चैत्र २०८२, आईतवार १०:१३ बजे