स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको कल्पना सम्भब छैन

निराश पाण्डे,
खैरेनी, १ जेठ ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्वतन्त्र पत्रकारिताको अभावमा प्रजातान्त्रिक समाजको कल्पना सम्भब नभएको कुरा बताउनु भएको छ । असल शासन संरक्षण मंच दाङको आयोजना एबं शान्तिनगर गाउँपालिकाको सहयोगमा ७ नम्बर वडा कार्यालयमा खैरेनिमा संचालित ५ दिने खोजी पत्रकारिता एबं उद्दघोषण कार्यक्रमको समापन कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका अध्यक्ष बस्नेतले संकटबाट समस्या परेकालाई राहत दिलाउने बिषयमा सरकारलाई घच–घच्याउन स्थानीय निकायलाई जिम्मेवार बनाउन समेत विशेष भुमिका खेलेको समेत बताउनु भयो । साथै प्रजातान्त्रिक संस्कृतिकलाई हुर्काउन र संस्थागत बनाउन पनि पत्रकारिताको अत्यन्तै आवश्यक रहेको बताउनु भएको छ।

संस्थाका कार्यक्रम संयोजक निराश पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा विशिष्ट अतिथी एबं शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खडका , ७ नम्बर वडा अध्यक्ष तारा बहादुर ओलि, ५ नम्बर वडा अध्यक्ष ओपेन्द्र रावत, गाउँपालिकाका प्रशासन अधिकृत कृष्ण कंडेल, कार्यपालिका सदस्य झुप लाल नेपाली र उद्योग बाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्र राज सर्मा , सहभागीका तर्फबाट जानकी नेपाली र सन्दिप भण्डारीले बोल्नु भएको थियो।


५ दिने उक्त तालिमको प्रशिक्षकमा मानव अधिकार कर्मी एबं बरिष्ठ अधिवक्ता बिष्णु प्रसाद पोख्रेल, गाउँपालिकाका प्रशासन अधिकृत कृष्ण कंडेल, रेडियो प्रकृतिका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, लाइभ दाङ अनलाइनका प्रबन्ध निर्देशक दिपक बोहोरा त्यसै गरि प्रेम कुमारी बुढा मगर र प्रेम राम्जा रहनु भएको थियो।

तालिममा उदघोषण के हो, उदघोषण गर्ने तरिका, समाचार लेखन र महत्व , समाचारका श्रोत, साथै सुसानका बिषयमा जानकारी गराइएको थियो सहभागी मध्यकी सबैभन्दा कान्छी १५ बर्षिया शान्तिनगर ३ निवासी सलिना पुनलाई उत्कृष्ट छनौट गरिएको थियो ।

तालीममा दुई पुरुष र २२ महिला गरि २४ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रमुख अतिथी प्रमोद बस्नेतले प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिमको सञ्चालन संस्थाका सचीव तारा सिंहले गर्नु भएको थियो।