तुलसीपुरमा मट्का‘ब्याङ्क्वीट’

तुलसीपुर,११ चैत । दाङको तुलसीपुर–९,बेलुवास्थित मट्का चियाघरले कार्यक्रम हल पनि सञ्चालनमा ल्याएको छ । चारसय जना अट्न सक्ने‘मट्का ब्याङ्क्वीट’ सञ्चालनमा ल्याएको छ । करिब डेढ करोड लगानीमा सञ्चालनमा आएको हो ।

यस अघि मट्का चियासंगै मट्का विर्यानी, कटिया, मट्का मासुको परिकारको ब्यबस्था थियो । त्यस्तै ओभरहेड लाइट, टिनर लाइट, भिल्ला, लभ र पिङमा सेल्फी हान्ने व्यबस्था पनि थियो । अहिले दुई वटा कार्यक्रम हल सञ्चालनमा ल्याएको सञ्चालक सन्दिप भुषालले बताए ।
उनका अनुसार ग्रहाकको माग अनुसार एउटा चारसय क्षमताको कार्यक्रम हल र अर्को डेढ सय क्षमताको हल सञ्चालनमा ल्याईएको हो ।


त्योबाहेक मट्का मासु, कटिया, दही, लस्सी, आइस्क्रिम, पिज्जा पनि पाइन्छ । केही समय अघि मट्का चिया घर टिकटकमा भाइरल समेत भएको थियो ।

उनले मासिक १४ हजार रुपैयाँमा करिब सात कट्ठा जग्गा भाडामा लिएर व्यवसाय गरिएको छ । बिभिन्न क्षेत्रका पाँच जना ब्यक्तीहरुले उक्त सञ्चालनमा ल्याएका हुन् । भुषालसंगै आकाश सिंह, अनिल सिंह, अमन अन्सारी र किरण बस्नेतको लगानीमा सञ्चालनमा आएको हो । जहाँ १४ जनालाई रोजगारी पनि प्रदान गरिएको छ ।