सांसदले चलाएको रसुवा कन्ट्रक्सनले पेटी ठेकेदारलाई ठगेपछि….

दाङ
२५ चैत / नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा रसुवाका सांसद मोहन आचार्यले चलाएको रसुवा कन्ट्रक्सन कम्पनीले ठगी गरेको एक पेटी ठेकेदारले आरोप लगाएका छन् । दाङ बबई गाउँपालिका वडा नं. ५ निवासी पेटिठेकेदार कृष्णबहादुर खत्रीलाई सल्यान लेखपोखराको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सकिएपनि भुक्तानी नदिएको पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

भवन डिभिजन कार्यालय दाङ मार्फत रसुवा कन्ट्रक्सन प्रालिले ठेक्का पाएको उक्त कम्पनीले पनि खत्रीलाई पेटि ठेकेदारका रुपमा दिएको थियो । २०७० बैशाख २७ गते रसुवा जेभीले खत्रीलाई अख्तियारी दिएका थिए । उनले काम गरिरहेको अबस्थामै २०७१ साल जेठ ७ गते खत्रीबाट रसुवा कन्स्ट्रक्सनले काम खोसेर आफैले भवन निर्माण कार्य सम्पन्न गगरेको थियो ।

त्यतिबेलासम्म खत्रीको १ करोड ९३ लाख ५९ हजार ६ सय ८३ खर्च भइसकेको थियो । त्यसपछि बाँकी काम रसुवाले २०७३ तिर पूरा ग¥यो । निर्माण पूरा भएपछि खत्रीले खर्च गरेको रकम दिने भन्ने सहमति भएपनि त्यो रकम रसुवाले दिएन । ‘३ करोड ७१ लाखमा उक्त भवनको ठेक्का थियो, त्यही रकममा निर्माण गर्ने भनि मैले जिम्मा लिएको हुँ’,उनले भने‘त्यसमध्ये अब पाउनु पर्ने एक करोड ९३ लाख ५९ हजार ६सय ८३ छ ।’

यो रकम माग्न लागेको ४ बर्ष बितिसक्दा पनि आफूले नपाएको र पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएको समेत बताए । उनले अहिलेसम्म रसुवा कन्ट्रसनले चेकबाट ४३ लाख ६० हजार ९ सय ७६ मात्रै र बलिभद्र राणाले २६ लाख २६ हजार रकम मात्रै पाए । बाँकी एक करोड २३ लाख ७२ हजार सात सय १६ रुपैया नपाएको गुनासो गरे ।

त्यो रकम माग्ने क्रममा एक पटक २०७३ असारमा पोखरा बोलाए । जहाँ रसुवा कन्ट्रक्सनकै सहायक बाबुकाजी श्रेष्ठको घर थियो । त्यहाँ पाउनु पर्ने रकमका बारेमा कुरा गर्दा आफूलाई अपशब्द गरिगाली गर्नुकासाथै कुटपिट गरे । त्यति मात्रै होईन्, चारजना केटाहरु बोलाएर जबरजस्ती पाउनुपर्ने बाँकी रकमलाई कागज गरेको समेत बताए ।‘पैसाको हिसाब मिलाउन भनि पोखरा बोलाएका थिएँ, म त्यहाँ गएँ, त्यहाँ गएर पैसाको कुरा उठाउँदा केटाहरु बोलाएर हल कोठामा लिए’उनले भने ‘दुईजना केटाले मेरा पाखुरा समाए, एक जना खुट्टामा बसे, १ जनाले घाँटी च्यापेर मरनासन्न गराएर सहीछाप गराए ।’

जबरजस्ती यसरी कागज गराएपछि आफूले जिल्ला प्रशासन कार्यालय दाङ, भवन डिभिजन कार्यालय दाङमा विल रोका गरि पाउँ भनि दिएको निवेदन पनि कुनै सुनवाई नभएको उनले बताए । काँग्रेस दाङका तत्कालिन सभापति कीर्र्तिबहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरीलाई जानकारी गराउदा पनि कुनै सुनुवाई नभएको गुनासो गरे । त्यतिबेला बैकको ब्याज तिर्न भनि एकलाख ५० हजार दिएका थिए ।


घरबास नै छैन
खत्रीले आँफुले भनव निर्माणमा गरेको कामको लेबर, मिस्त्री खर्च बाफतको ४५ लाख ८६ हजार २५०, ट्याक्टर ढुवानी बाफतको ३८ लाख ९७ हजार, काठ चिरान बाफतको ४ लाख ४५ हजार, गिट्टी फोड्ने लेबरलाई दिनुपर्ने खर्च ९ लाख ५२ हजार, खोलामा बालुवा चालेर निकाल्नेहरुका लागि दिन बाँकी १० लाख ३२ हजार, अम्बे स्टील भैरहवाबाट छड खरिद गरेबाफतको २६ लाख ७९ हजार ७ सय २१, सपना इन्टरप्राइजेज घोराहीबाट छड, सिमेन्ट खरिद गरेको १४ लाख ७० हजार ४९२ र अन्य आवश्यक सामाग्री खरिद गर्दा भएको खर्च १५ लाख १९ हजार मध्यको रकम नपाएको बताएका छन् ।

उनले आफ्नो घरबास बैंकबेचेर मजदुरहरुलाई पारिश्रमिक दिइसकेको बताएका छन् । उनले आफूले जिम्मा पाएपछि ६८ जना भवन निर्माण गर्ने लेबर, ३२ जना गिट्टी बालुवा संकलन गर्ने मानिश, २४ जना काठ मिस्त्री, २१ जना ढुंगा निकालेर रोडमा ल्याउने लेबर, ढुवानी गर्ने ६ वटा टेक्टर गरि १ करोड ९३ लाख ५९ हजार ६ सय ८३ रुपैँया तिरेका छन्। तर,त्यो रकम आफूले माग गर्दा नपाएपछि अहिले घरबास विहीन भएको समेत बताए ।‘मसंग अहिले एउटा पनि सम्पति छैन, त्यो काम गर्दा मसंग भएको सबै सम्पति बेचेर ऋण तिरेँ’,उनले भने‘अब मेरा सन्तानको भबिष्य के होला?’

पुल निर्माणका सामग्री जफत गर्ने चेतावनी
रसुवा कन्ट्रक्सनले अहिले सल्यानको दम्दवाली स्थित शारदा नदीमा पुल निर्माण गरिरहेका छ । यदि आफूले पाउनु पर्ने रकम नदिएमा त्यहाँबाट सामग्री जफत गर्ने समेत चेतावनी दिएका छन् ।

त्यसकालागि उनले १२ वटा जिल्ला प्रशासन कार्यालयसहिति जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय खिलतपुर, सल्यान कालिमाटीलगायतका चौकीलाई समेत जानकारी गराएको बताएका छन् । यस अघि पनि उनीहरुलाई झिकाएर छलफल गरि पाऊ भनि निवेदन दिएको भएपनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।

No description available.

No description available.