थारु कल्याणकारीणीसभा लमहीद्वारा वरघर/अगुवालाई स्वागत

प्रिया स्मृती गजमेर
लमही, ६ चैत ।
थारु कल्याणकारीणी सभा लमही नगर समितीले वरघर/अगुवालाई स्वागत गरेको छ । समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरि नगरपालिका भित्र रहेका वडाका ४० जना वरघर/अगुवालाई सम्मान तथा स्वागत गरेको हो ।

सम्मान कार्यक्रमलाई संबोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले थारु संस्कार, संस्कृति र थारु समुदायको पहिचानलाई संरक्षण गर्न लमही नगरपालिका हरदम तयार रहेको बताउनु भयो । हुर्किदै गरेका नयाँ पुस्ताले आफ्नो पहिचान भुल्दै गएको भन्दै उनिहरुलाई आफ्नो भेषभूषा, भाषा संस्कृतिको जगेर्ना गर्ने तर्फ उन्मुख गराउन सबैको ध्यान जानु पर्ने योगीको भनाई छ ।

थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने गरि आफ्नो जिम्मेवारी निभाउन सबै गाउँका कट्कन्दारलाई उपप्रमुख योगीले आग्रह गर्नु भएको छ । प्रविधिको बढ्दो प्रयोग हुँदाहुँदै पनि थारु समुदायले आफुहरुको संस्कार संस्कृतिलाई जोगाई राखेको भन्दै अन्य समुदायले पनि यो कुराको सिको गर्न जरुरि रहेको योगीको भनाई छ ।


स्वागत कार्यक्रममा वरघर/अगुवा चुनिएकाहरुले गाउँ, समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । गाउँ समाजका बुद्धिजीवि र आम जनताले आफुहरुमा गरेको विश्वासलाई गुम्न नदिने वरघर/अगुवाहरुको भनाई छ ।

लमही नगर समितिका अध्यक्ष शिव प्रसाद चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको नगर कमिटिका सदस्य मुकेश कुमार चौधरीले सहजीकरण गर्नु भएको थियो ।

थारु कल्याणकारीणी सभा दाङका सभापति अशोक चौधरी, थारु कल्याणकारीणी सभा देउखुरीका क्षेत्रीय सभापति प्रकाश कुमार चौधरी, लमही नगर समितिका सभापति उपसभापति गणेश चौधरी,हल्लु , छोट्की घुम्ना, बड्का घुम्ना र बुट्कहवा गाउँका कट्कन्दार हल्लु प्रसाद चौधरी र फल्कापुरका कट्कन्दार पुनाराम चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो ।