तुलसीपुर ११ वडाः सुत्केरीलाई भाले उपहार,सर्प दंशका विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

तुलसीपुर, १३ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आगामि आर्थिक वर्षमा सुत्केरीलाई भाले उपहार दिने कार्यक्रमलाई अघि सारेको छ । गर्भवती अवस्थामा श्वास्थ्य संस्थामा गएर ८ पटक सम्म जाँच गराई सुत्केरी हुने २० वर्ष माथिका महिलालाई भाले उपहार दिने कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए । यसले मातृशिशु मृत्युदर कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष रावतले बताए ।

यस्तै वडाले सर्प दंशका विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । सर्पको टोकाईबाट उपचारको लागि तुलसीपुर,घोराही,लमही,बाँके लगायतका स्थानमा जानुपर्ने अवस्थामा निःशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने भएको हो ।


विषेशत बर्षायामको समयमा सर्पले टोक्दा उपचारको लागि अन्यत्र लैजान आर्थिक अवस्था कमजोर भएकालाई थप सहज हुने भएको छ । त्यसैगरी वडामा हुने मृत्यु संस्कारमा जादा चिनीको साटो अव घ्यु लिएर जाने भएको छ । यसका लागि पनि वडाले बजेट विनीयोजन गरेको छ ।

वडाले आगामि वर्षको लागि अघि सारेका यी कार्यक्रमबाट सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश फैलाउनुका साथै स्वास्थ्य संस्थाको पहुचमा आउने र विपन्न समूहका घर परिवारमा राहत हुने अपेक्षा वडाबासिको छ ।