शान्तिनगर १ मा दुई दिने पत्रकारिता तालिम सम्पन्न

तुलसीपुर, १ चैत । दाङमा शान्तिनगर गाउँपालिका वडा नं.१ मा भएको दुई दिने पत्रकारिता तालिम भएको छ । वडाको सहयोग तथा अग्रिम मिडिया सेन्टरको आयोजनामा मंगलबार र बुधबार तालिम भएको थियो ।

दुई दिनसम्म चलेको तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार दिपक बोहरा थिए, भने अन्य प्रशिक्षकमा अनिता पोख्रेल,सागर सुवेदी थिए । तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । सेन्टरका सञ्चालक समेत रहेका बोहराको अध्यक्षता तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।


त्यस अवसरमा वडाध्यक्ष जंगबहादुर पुन, सचिब पृथ्वी पौडेल,माओवादी केन्द्रका वडा इञ्चार्ज पूर्णबहादुर वली, पत्रकार टेकराज भण्डारीलगायतले सहभागिले सिकेको कुरा ब्यबहारमा उतार्नुपर्ने बताए । सामाजिक सञ्जालमा आएका सबै कुरा समाचार नहुँने भन्दै यस तर्फ सबै सचेत हुनुपर्ने उनीहरुको भनाई थियो ।

त्यस्तै सहभागि देवबहादुर वली र सम्झना विकले आफूहरुले फेसबुकमा आएका सबै कुरा समाचार नभएको भनि यो तालिमबाट जानकारी पाएको बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सागर सुवेदीले गरेका थिए ।