शैक्षिक सुधार गर्न मावि सौडियारमा डिजिटल हाजिरको ब्यबस्था गर्ने विब्यसको निर्णय

दाङ, ११ चैत ।
घोराही–७ सौडियारको जेठो र पुरानो विद्यालय मावि सौडियारको शैक्षिक सुधारको प्रयास थालनि भएको छ । विद्यालय ब्यबस्थापन समितीको शुक्रबार सौडियारमा बसेको बैठकले विद्यालयको शैक्षिक सुधार गर्न बायोमेट्रिक हाजिर(डिजिटल हाजिर) को ब्यबस्था मिलाउने निर्णय गरेको हो ।

विब्यस अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा शिक्षक र विद्यार्थीलाई नियमीत गराउन यो इलेक्ट्रोनिक हाजिरीको ब्यबस्था गर्ने निर्णय गरेको बैठकपछि विद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले जानकारी दिनु भयो ।

त्यस्तै बैठकले विद्यालयमा खानेपानीको उचित प्रबन्ध गर्नका लागि घोराही ७ को वडा कार्यालयलाई अनुरोध गर्ने र विद्यालयमा टाढा–टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरुको सहजताका लागि स्कुल बस सञ्चालनका लागि घोराही उपमहानगरमा पहल गर्ने निर्णय गरेको छ ।


यसैगरेर बैठकले विद्यालयको शैक्षिक गतिविधिलाई ब्यबस्थितरुपमा सञ्चालन गर्न विद्यालय ब्यबस्थापन समिती सदस्य भोजराज रावतको संयोजकत्वमा विद्यालयका सहायक प्रधानाध्यापक यामलाल रिजाल, शिक्षक दामोदर पाण्डे सदस्य रहेको शैक्षिक सुधार अध्ययन समिती गठन गरेको छ भने विद्यालयको आर्थिक अबस्था बारे अध्ययन गर्न विब्यस सदस्य जिउधन चौधरीको नेतृत्वमा विद्यालयका शिक्षक मोतिलाल केसी, बामदेब पोखरेल सदस्य रहेको आर्थिक अध्ययन समिती गठन गरेको छ ।

विब्यस पदेन सदस्य घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विद्यालयका लेखापाल केशब केसीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले आउदो नयाँ शैक्षिक शत्रमा मन्टेस्वरि विधिबाट विद्यालयमा प्रावि तहमा अंग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गर्ने र त्यसका लागि स्वयमसेबक शिक्षक प्रबन्ध गर्ने निर्णय गरेको छ ।

सो अवसरमा एमाले घोराही ७ का उपाध्यक्ष माधब न्यौपाने, तरुण दल घोराही ७ का अध्यक्ष लोकबहादुर कुवर, विद्यालयका शिक्षक प्रतिनिधि मोतिलाल केसी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक अबस्थाका बारेमा प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले गर्नु भएको थियो । यसैबिच मावि सौडियारको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले एसईइ दिने कक्षा १० का विद्यार्थीहरुलाई पनि बिदाई गरेका छन ।