अखिल नेपाल यातायात मजदुर संघद्वारा तेस्रो दाङ जिल्ला सम्मेलन सम्पन्न

दाङ, १ चैत ।
‘श्रमको सम्मान श्रमिकको स्वाभिमान’ भन्ने मुल नाराका साथ अखिल नेपाल यातायात मजदुर संघ,दाङ जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य तुलसीपुर पार्टी इन्चार्ज प्रेम राज वलि (प्रभात) को प्रमुख अतिथि तथा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उप–हासचिव घनस्याम डांगीको विशिष्ट अतिथिमा कार्यक्रम भएको हो । उपमहासचिब घनस्याम डांगीले सामाजिक सुरक्षा कोष २०७४ मजदुरको हकहितमा रहेकोले सम्पुर्ण यातायात प्रा.लि.ले यातायात मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।


उक्त कार्यक्रमबाट १३ जनाको जिल्ला कार्यसमिति सदस्य गठन भएको छ। अध्यक्ष अशोक कुमार नेपाली, उपाध्यक्षमा बेल बहादुर सार्की,लेखराज वलि, प्रकाश बि.क, सचिव शेरसिंह डांगी, कोषाध्यक्ष मिनराज महतरा चयन भएका छन् । त्यस्तै सदस्यहरु सोनु बि.क., सन्तोष खड्का, देब बहादुर रोका,बिन्दु बस्नेत, टंक डांगी, भागीराम रेउले, बिबेक शाह चयन भएका छन् । संगठनका अध्यक्ष छबि प्रसाद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब शेरसिंह डांगीले गर्नुभएको थियो ।