नगर प्रमुख चौधरी र स्वास्थ्य मंत्री खनालबिच नि:शुल्क स्वास्थ्य विमा लागु गर्नेबारे छलफल

दाङ , २९ फागुन। लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लुम्बिनी प्रदेशका स्वास्थ्य मंत्री राजु खनालसंग भेटघाट गर्नु भएको छ । भेटघाटका क्रममा नगरपालिका भित्र स्वास्थ्य विमा कार्यक्रमलाई नि:शुल्क गर्नेबारे छलफल भएको थियो । अति विपन्न घरपरिवारको पहिचान गरि छिटो भन्दा छिटो नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम लागु गर्न प्रदेश स्वास्थ्य मंत्री खनालले नगर प्रमुख चौधरीलाई आग्रह गर्नु भएको छ ।
लमही नगरपालिकाका सबै वडामा एक जना स्वास्थ्य विमा गर्ने विमाकर्ता खटिएका छन् तर निम्न आयस्तर भएका मानिसको पहुँचमा कार्यक्रम पुग्न नसकेको गुनासो आइरहेकोले आम सर्वसाधारणको पहुँचमा पुग्ने गरेर नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम गर्ने योजना रहेको नगर प्रमुख चौधरीले बताउनु भयो । सामान्य रुघाखोकी लागेर अस्पताल पुग्दा दश हजार भन्दा माथिको खर्च आउने गर्छ, त्यो चपेटामा विपन्न वर्ग पर्ने गरेका छन्, आर्थिक अवस्था नाजुक भएका मानिसहरुले अकालमै ज्यान समेत गुमाउनु पर्ने देखियो त्यस कारण पनि स्वास्थ्य मंत्री ज्युसंग कसरी अगाडी बढ्दा राम्रो होला भनेर भेटघाट गरेको नगर प्रमुख चौधरीले बताउनु भयो ।
भेटघाटमा स्वास्थ्य मंत्री खनालले जनतालाई हित हुने कार्यमा छिटो छरितो लाग्नु पर्ने सुझाव दिनु भएको छ, नगरपालिकाले यो कार्यक्रम लागु गर्नु पर्छ आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ’– उहाँले भन्नु भयो । विपन्न परिचयपत्रका आधारमा यो कार्यक्रम लागु गर्न सकिने उहाँले बताउनु भयो ।